ह्याम्बर्ग र कोपेनहेगनमा नेपथ्य गुञ्जदै


युरोपमा नेपथ्य  टोलि गुन्जने भएको छ। ह्याम्बर्ग र कोपेनहेगनमा आयोजना हुने दुइ कन्सर्टका निम्ति ब्याण्ड बुधबार युरोप आउँदै छ। नेपथ्यका भाकाहरु जर्मनी र डेनमार्कमा नेपालीहरुले सुन्ने भएका छन्। पहिलो प्रस्तुती जुलाइ ३० तारिख जर्मनीको ह्याम्बर्गमा हुने भएको छ। यस्तै अगष्ट  २ तारिखका दिन डेनमार्कका लागि तय भएको छ।

ह्याम्बर्गको प्रस्तुतीलाई त्यहाँस्थित तमु समाजले आयोजना गर्दैछ भने डेनमार्कमा ‘इन्टरनेशनल नेप्लीज आर्टिस्ट सोसाइटी’ले कार्यक्रमको बन्दोबस्त मिलाएको छ। डेनमार्कमा एनआरएनको नवौ युरोपेली बैठक जुलाई ३१ तारिख सकिने हुँदा कतिपय एनआरएन अभियन्ताहरु नेपथ्यको कन्सर्ट हेर्न केहि दिन रोकिने आकालन गरिएको छ।

छेक्यो छेक्यो, जोमसोमे बजार,रेशम, तालको पानीहुँदै भर्खरै युट्युबमार्फत् रिलिज भएको नयाँ गीत ‘कोशीको पानी यो जिन्दगानी’…सम्म कार्यक्रममा प्रस्तुत गरिने नेपथ्य टोलीले जनाएको छ। अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुविन, गितारमा निरज र मादलमा शान्तिले सघाउने छन्। नेपालयको प्राविधिक र व्यवस्थापकीय टोलीले पनि नेपथ्यसँगै यात्रा गर्नेछ । युरोपका दुइ राष्ट्र जर्मनी र डेनमार्कमा हुनलागेको यी दुवै नेपथ्यका पहिलो कन्सर्ट हुनेछन्।