नेपाली चलचित्र बजारमा ४ चलचित्रको एकै दिन भिडन्त। कसले बाजी मर्ला ?


काठमाण्डौ, नेपाली चलचित्र बजारमा भोलि शुक्रबार ३ वटा नेपाली चलचित्र र १ हिन्दी चलचित्र गरि ४ वटा चलचित्रहरु प्रदर्शनमा आउँदैछन्। ४ वटा चलचित्रमा दर्शकहरु बाँडिने हुँदा कुन चलचित्रले सबै भन्दा बढी दर्शकको साथ पाउला यसै भन्न सकिने अवस्था छैन। प्रदर्शनमा आउने नेपाली चलचित्रहरु ब्रासलेट, लालजोडी र बृन्दाबन हुन् भने भोलि नै प्रदर्शन हुन लागेको हिन्दी चलचित्रको नाम हो अकिरा। चलचित्रहरुको बारेमा कुरा गर्दा प्राय सबै चलचित्रमा समान बिशेषता रहेको छ।

ब्रासलेट – कुनै बेला नेपाली चलचित्र क्षेत्रमा चर्चा कमाएका नायक रमेश उप्रेतीको कमब्याक चलचित्र ब्रासलेट प्रतिक्षित चलचित्र मानिएको छ। चलचित्रमा रमेशलाई नायिकामा रजनी के सीले साथ दिएकी छन् भने चलचित्रलाई निर्मल शर्मा “गैडा” ले निर्देशन गरेका हुन्। चलचित्रमा समाबेश लोक फ्लेबरको संगीतलाई निकै रुचाईएको छ।
लालजोडी – कमेडी जनरमा बनेको चलचित्र लालजोडीलाई संचारकर्मी लक्ष्मण पौडेलले निर्देशन गरेका हुन्। चलचित्रमा सानो पर्दाका चर्चित कलाकारहरुले अभिनय गरेका छन्।नक्कली बाबुराम भट्टराईको रुपमा परिचित ज्योति काफ्ले, पछिल्लो समयको चर्चित हाँस्य शृंखला भद्रगोलका चर्चित कलाकारहरुले अभिनय गरेका छन् भने उनीहरुको साथमा नायिकाको रुपमा रजनी केसी रहेकी छन्।
बृन्दाबन – एक्सन चलचित्रको रुपमा रहेको बृन्दाबनमा शिल्पा पोखरेल, किशोर खतिवडा र बाँदरको समेत अभिनय रहेको छ भने यस चलचित्रको निर्देशन राजबहादुर सानेले गरेका हुन्।
अकिरा – सलमान खान संग चलचित्र दवंग मार्फत भारतीय चलचित्रमा डेब्यु गरेकी दबंग नायिका भनेर चिनिने सोनाक्षी सिन्हाको चलचित्र हो अकिरा। एक्सन र ड्रामा जनरमा बनेको चलचित्र अकिराको नायक र नायिका दुवै सोनाक्षी हुन् उनले यस चलचित्रमा भरपुर एक्सन गरेकी छन्। एआर मुर्गादोस द्वारा निर्देशित चलचित्रमा अर्का चर्चित चलचित्र निर्देशक अनुराग कश्यपको समेत अभिनय रहेको छ।