तिज म्युजिक अवार्डमा २०७३ सम्पन्न (बिजेताको सुचीसहित)



काठमाडौं । छायाँछवि क्रियशनको आयोजनामा भएको तीज म्यूजिक अवार्डको तेस्रो संस्करण बिहिवार सम्पन्न भएको छ। तीज म्यूजिक अवार्ड २०७३ को लागि सहभागी भएका तीज गीतहरुबाट विभिन्न १९ विधामा अवार्ड वितरण भए ।बिहिबार सम्पन्न तेस्रो तिज अवार्ड २०७३ मा देवी घर्ती र टीका पुन सर्वोत्कृष्ट गायिका बन्न सफल भएका छन् । हरिविष्टको लय र शब्द रहेको माइतीको देश नामक गीतबाट संयुक्त गायिकाको अवार्ड उचाल्दै उनीहरु सर्वोत्कृष्ट बन्न सफल भएका हुन् । अवार्डमा २०७३ मा बजारमा आएका तिज गीतहरुको लागि सहभागी भएका विभिन्न १९ विधामा गीत एवं स्रष्टाहरुलाई अवार्ड प्रदान गरिएको थियो । अवार्डमा तोकिएका बाहेक संदेशमुलक गीत शब्द, तीज गीत इन्करेजमेन्ट, तीज गीत जुरी, पब्लिका च्वाइस र पपुलर फेस अवार्ड समेत दिइएको छ । 
२०७३ मा बजारमा आएका एक हजार भन्दा बढी तीज गीतहरु मध्य अवार्डका लागि आवेदन दिएकालाई निर्णायकहरुले गीतको मूल्यांकन गरेका हो। 
तिज अवार्ड २०७३ का सम्पूर्ण बिजेताहरू यसप्रकार छन् ।
१- उत्कृष्ट तीज गीत मीक्सीङ कुमार राना – पानी सलल
२- उत्कृष्ट तीज गीत एरेञ्जर सुदीप – म भन्दा नी
३- उत्कृष्ट तीज गीत सम्पादन विरेन्द्र भाट – चलेछ मग मग
४- उत्कृष्ट तीज गीत छायाँकार राजेश घिमिरे – माइतिको देश
५- उत्कृष्ट तीज गीत मोडल (पुरुष) विजय थापा – पशुपति गेटैमा
६- उत्कृष्ट तीज गीत मोडल (महिला) रिता थापा –माइतिको आगनि
७- उत्कृष्ट तीज गीत नृत्य निर्देशक स्मृति तिमील्सीना – म भन्दा नी
८- उत्कृष्ट तीज गीत भिडियो निर्देशन प्रकाश भट्ट – खै त बाबा
९- उत्कृष्ट तीज गीत नव गायिका पार्वती ठाडा मगर – पानि सलल
१०- उत्कृष्ट तीज गीत संयुक्त गायन देवी घर्ति र टीका पुन –माइतिको देश
११- उत्कृष्ट तीज दोहोरी गीत शब्द गणेश सुवेदी – आकाशभरी
१२- उत्कृष्ट तीज दोहोरी गीत लय नरेश खत्रि – बम बम भोल
१३- उत्कृष्ट तीज दोहोरी गीत गायक मौसम गुरुङ – चिप्लो साडी
१४- उत्कृष्ट तीज दोहोरी गीत गायिका सुनीता गुरुङ – चिप्लो साडी
१५- उत्कृष्ट तीज दोहोरी गीत वम वम भोले –रीता केसी – आषिश म्यूजिक प्रा।ली
१६- उत्कृष्ट तीज गीत शब्द लानी रेग्मी – किन आएनन्
१७- उत्कृष्ट तीज गीत लय हरि विट – पानी सलल
१८- उत्कृष्ट तीज गीत गायीका शोभा त्रिपाठी – बाध्यता हो
१९- उत्कृष्ट तीज गीत यसपाली नि –सुनीता दुलाल–कमलादेवी डिजिटल प्रा।लि
सन्देश मुलक –गोविन्द प्र उपाध्याय चलेछ मग मग
पाब्लिक च्वाइस – निशा सुनुवार
जुरी – मञ्जु पौडेल
इनकरेजमेन्ट – भूमिका शुब्बा
पपुलर संग – न नाचे बोर हुन्छ