ओस्कारमा ज्याकी च्यानलाई लाइफ टाइम अचिभमेन्ट द्वारा सम्मान गरिने


स्पेन, यस वर्षको ओस्कार अवार्डमा चर्चित अभिनेता ज्याकी च्यानलाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिने ओस्कार अवार्डले घोषणा गरेको छ । ओस्कारले च्यानको फिल्मी करियरलाई सम्मान गर्दै ओस्कार अवार्ड प्रदान गर्न लागेको जनाएको छ। ह हंगकंगमा जन्मिएका ६२ बर्षिय अभिनेता च्यानले करिब १५० वटा फिल्ममा अभिनय गरेका छन्। उनका फिल्महरू कमिक अभिनय र एक्रोब्याटिक एक्सन कलाका लागि दर्शकहरू माझ लोकप्रिय रहँदै आएका छन्। च्यानले सन् १९६० बाट बाल कलाकारका रूपमा आफ्नो अभिनय यात्रा सुरू गरेका थिए।