अमिर खान र अमिताभ बच्चन पहिलो पटक एउटै चलचित्रमा देखिदैं 


सेप्टेम्बर ४, भारतीय चलचित्रका महानायक अमिताभ बच्चन र मिस्टर प्रफेक्सनिष्ट भनेर चिनिने अर्का सुपरस्टार नायक अमिर खान प्रथम पटक एकै चलचित्रमा देखिने भएका छन्। छिट्टै नै औपचारिक रुपमा घोषणा हुन् लागेको एस राज ब्यानरले निर्माण गर्न लागेको चलचित्र ठगका लागि यी दुइ कलाकारले स्क्रीन शेयर गर्ने भएका छन्।

भारतीय मिडियाको एक अन्तरबार्ताको क्रममा अमिताभले अमिर संग नयाँ चलचित्रमा पहिलो पटक काम गर्न लागेकोमा खुशी ब्यक्त गरेका थिए भने चलचित्रको बाँकी कलाकार तथा निर्माण टीमको बारेमा छिट्टै अफिसियल घोषणा हुने बताएका थिए।