स्विटजरल्याण्डमा ‘टुर दि पोखरा’ संगको अन्तरकृया कार्यक्रम बारे सूचना


गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डले ‘साईकल सिटि पोखरा’ द्वारा ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि साईकल’ नारा सहित आयोजना गर्ने‘टुर दि पोखरा २०१६’ (Tour De’Pokhara 2016) साईकल –यालीको सम्बन्धमा ‘साईकल सिटि पोखरा’ का सदस्य श्रीमति करूणा ढकालसंग यहि ६ सेप्टम्बर २०१६ मा जुरीखमा एक अन्तरकृया कार्यक्रमको आयोजना गर्दैछ। गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्ड सबैमा कार्यक्रममा सहभागी बनी कार्यक्रमलाई सफल बनाईदिनु हुन हार्दिक अनुरोध गर्दछ।

विक्रम संवत २०७२ मा ‘सबैका लागि स्वस्थ्य मुटु’ नाराका साथ साईकल –यालीको आयोजना गरिसकेको साईकल सिटि पोखराले यस बर्षको ‘टुर दि पोखरा’ साईकल –याली २४ सेप्टम्बर २०१६ मा पोखरामा आयोजना गर्दैछ। पोखरा शहरमा साईकलको प्रयोगलाई प्रोत्साहित गर्ने, पोखरालाई साईकल मैत्री शहर बनाउने र पोखरामा साईकल यात्रीहरुका लागि छुट्टै ‘लेन’ को निर्माणमा अभियान संचालन गर्ने उदेश्यले ‘टुर दि पोखरा २०१६’ को आयोजना गरिएको आयोजकहरुले बताएका छन्।

 स्थान: Peking Garden Restaurant, Bahnhofstrasse 5, 8302 Kloten

मिति/समय:बेलुका ७ बजे, ०६ सेप्टम्बर २०१६

कार्यक्रम संयोजन:

श्याम घले, उपाध्यक्ष, गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्ड (मोबाईल: ०७८ ७२२ ३७ ९०)

अर्जुन बस्ताकोटि, युवा संयोजक, गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्ड (मोबाईल: ०७६ ३९८ ६० ३६)