नेपाली झन्डाको अर्थ नबुझेका देश भक्तिहरु !


– हरिश्चन्द्र नेपाली
हामी नेपाली हाम्रो नेपाल बिश्व भरि फैलिएर रहेका देश भक्ति नेपाली अनि ८००० मि. उचाइमा रहेको उच्च नेपाल त्यसमा पनि सधै बिश्व चिनाउने उच्च शिर रहेको ८,८४८ मि. सगरमाथा त्यो सगरमाथा भन्दा पनि केहि मिटर वा फिट माथि रहेको नेपाली राष्ट्रियता झल्काउने राष्ट्रिय नेपाली झन्डा सधै उच्च र ठाडो नै रहन्छ I त्यसैले बिश्व भरका देश भक्ति नेपालीहरुको गौरब मानिन्छ ।

प्रथम सगरमाथा आरोही एड्मुंड हिलारी विदेश भए पनि सगरमाथा सफल आरोहण पश्च्यात आफनो देशको राष्ट्रिय झन्डा सगै नेपाली झन्डा सगरमाथा भन्दा केहि फिट माथिनै ठाडो परि सुर्य ,चन्द्र अंकित नेपाली झन्डा फहराएका थिए।

त्यसैले पनि हामी दाबीका साथ भन्न सकिन्छ कि नेपाली झण्डाको पहिचान विश्वका जति पनि धनि , बिकसित र शक्तिशालि देशका झन्डा भन्दा उच्चमा र सधै ठाडो नै रहेको छ । यो धुर्ब सत्य कुरा हो । यो पहिचान र इतिहास अमेरिका, जापान लगाएत यूरोपियन शक्ति शालि ,बिकसित धनि राष्ट्रहरुले पनि मेटाउन र परिबर्तन गर्न सक्दैनन् । त्यसैले नेपाली झन्डा हामी देश भक्ति नेपालीको सधै उच्च र ठाडो शिर नै हो ।

यसलाई हामी सधै ठाडो र उच्चामै राख्नु पर्दछ। झन्डाको बिधिबिधान अनुसार आफनै ब्याख्य, मूल्य र मान्यता त होलान । त्यो नेपाल भित्रको कुरा हो तर बिश्वको सामु चिनाउन सधै उच्च र ठाडो गरि राख्नु पर्दछ। झन्डा नेपालीहरुको सामुहिक शिर हो । हामीले नेपाली पहिचानको लागि लगाउने नेपाली पोशाक दौरा सुरवाल र टोपी पनि नेपाली पहिचान हो तर त्यसलाई त्यति महत्वको रुपमा हेरिदैन ।

हामीले शिरमा लगाउने नेपाली पहिचानको टोपी पनि सगरमाथा जस्तो उच्च वा चुच्चो बनाई लगाउने चलन छ तर पनि नेपाली पहिचानको लागि टोपी त लगाइन्छ त्यो टोपी लगाउने व्यक्तिको चाहना अनुसार चुच्चो ,थेप्च्चो जसरि लगाए पनि हुन्छ I चुच्चो आकार मै लगाउनु पर्दछ भने छैन ।

टोपी भनेको शिरमै लगाउने भने पक्का हो । त्यसैले नेपाली राष्ट्रियता झल्काउने धेरै कुरा छन् तर नेपाली झन्डा जहाँ हामी पुग्छौ त्यहाँ सधै उच्च र ठाडो नै देखिनु पर्दछ भन्ने मेरो व्यक्तिगत विश्लेषण हो । हाम्रो नेपाली देश प्रेमी जनताको चाहना पनि हो भन्ने लाग्दछ । हामी प्रबासमा जहाँ जुन ठाउमा हामी पुग्छौ त्यहाँ नेपाली झन्डा देख्दा खुसीले गद्गद् हुन्छौ ।

अहिले नेपालीहरु बिश्वका धेरै भन्दा धेरै मुलुकहरुमा नेपालको राजनैतिक अस्थिरता ,आर्थिक विपन्नता कारण ,शिक्षाआर्जन ,रोजगारीको निम्ति लगाएत विभिन्न प्रयोजन मा धेरै सचेत बौद्धिक युवाहरु बिदेशी भूमिमा पसिना बगाई रहेका छ भने कति त गैर आवासीय नेपाली (जसलाई एनआरएनए भनेर सम्बोधन गरिन्छ) भएर बाच्नु पर्ने बाध्यता छ ।

त्यहि पनि हामी नेपाली एक पटकको नेपाली सधैको नेपाली भन्ने नारा अगाडी सार्दै आएका छौ । यसको मतलब होकी हामी गैर आबसिय भए पनि नेपाल हाम्रो पनि हो । जन्म भुमि हो भन्ने मन्न गर्दै राष्ट्र भक्ति चिन्ता ब्यक्त गर्दै नेपालको हरेक दुख सुख्खामा साथ दिने जमर्को गरेकै हुन्छन ।

बिदेशी मुलुकमा रहे पनि आफनो कार्य व्यस्ततालाई मिलाई आफनो थकान भुल्दै कहिले कहिँ नेपालको कला, सस्कृति, चाड पर्ब सबै नेपाली मिलि मनाउदै आएका हुन्छन । यति मात्र होइन प्रबासमा नेपालको हरेक जात जति भाषा वर्गका जातीय, क्षेत्रिया, धार्मिक ,सास्कृतिकरुपका सामाजिक संघ संगठन स्थापना गर्ने र आ आफना पहिचानको कार्यक्रम गर्ने होड नै चलेको देखिन्छ ।

नेपालको राजनैतिक पार्टीका हरेक मुलुकमा विभिन्न नामले प्रबास कमिटि बनाउदै अदृश्य रुपमा आफनो पार्टीका निर्देशन अनुसार कार्यक्रम गर्दै आएको देखिन्छ ।  हामी प्रबासमा भएकै कारणले गर्दा होला नेपालमा भन्दा प्रबासमा नेपाल र नेपाल प्रतिको माया र राष्ट्र भक्ति ,राष्ट्रबादी भएको देखिन्छ किन भने प्रबासमा जति नै राजनैतिक होस् या जातीय ,क्षेत्रिया सामाजिक संघ सस्थाहरुले आ आफनो कार्यक्रम गर्दा नेपाली पहिचानको पोशाक सहित सहभागी भएको देखिन्छ भने नेपाली पहिचानको झन्डा हरेक कार्यक्रमको मंचमा फहराएको देखिन्छ ।

यसको मतलब होकी हामी नेपाली हौ । हामी जहाँ भए पनि नेपालको माया हाम्रो जातीय ,क्षेत्रियत भन्दा पहिलो नेपाल नै हो भन्ने लाग्दछ । नेपालमा पनि हरेक सामाजिक संघ सस्थाको कार्यक्रम त भएको देखिन्छ तर आफनै संगठनको झन्डा मात्र देखिन्छ त्यतिमात्र होइन नेपालमा आफुहरुलाई राष्ट्रबादी भन्ने राजनीतिक पार्टीहरुले सगै आफ्ने पार्टीको झन्डा सहित नेपाली झन्डा फहराउन हिच्किचाएको देखिन्छ ।

नेपाली झन्डालाई नै भुलेर पहिलो झन्डा आफनो राजनैतिक पार्टीको हो भन्ने सम्झन्छन तर प्रबासमा बस्ने तिनै राजनैतिक पार्टीका प्रबास कमिटिहरुले भने हरेक कार्यक्रममा आफनो राजनैतिक पार्टीको झन्डा सहित नेपाली झन्डा कार्यक्रम स्थलमा देखिने गरि राखेका हुन्छन त्यसैले पनि नेपालको झण्डाको महिमा प्रबासमा बढी देखिन्छ ।

त्यसैले राष्ट्र भक्ति नेपालीले झन्डाको महत्व र अर्थ सकेसम्म गहिराहिमा होइन भने सतहिमा भए पनि बुझ्नु पर्दछ । मैले प्रबासमा भएका हरेक संघ सस्थाको कार्यक्रम नजिकबाट निगाली रहेको छु ।विभिन्न सामाजिक संघ सस्थाका कार्यक्रम हुन् या नेपालबाट बिशिष्ट उच्च ओदाका मन्त्रि ,पूर्व मन्त्रिहरुको विदेश भ्रमणको शिल शिलामा आउदा स्वागत तर सम्मान गर्ने चलन छ भने उक्त कार्यक्रममा नेपाली झन्डा र स्थानीय देशको झन्डा संयुक्त राख्ने चलन छ ।

त्यति बेला भने नेपाली वा हरेक मुलुकको राष्ट्रिय झन्डा कहाँ, कसरि राखने भन्ने कुरा संबेदनशील भै राख्नु पर्दछ किन कि नेपालका राष्ट्रिय व्यक्तित्वसगै बढी स्थानीय होस् या बिश्व भारीले चासो राखने गर्दछन ।

कमि कमजोरी भएमा नेपाल अनि नेपालीकै ब्याजत हुने गरिन्छ I त्यसैले हामीले हामी देशको पहिचान, पहिचान मात्र भनेर गलत तरिकाबाट झन्डा प्रयोग गरियो भने गलत अर्थ लग्न पनि सक्छ जस्तै नेपालको संबिधान अनुसार नेपाली झन्डा सधै सिधा र ठाडो हुनु पर्दछ । झन्डा त होनी जसरि राखेपनि हुन्छ भनेर सुर्य ,चन्द्र लाई बिपरित दिशा फर्केर,तेर्सो पारेर,अनि केहि झुकाएर राख्दा पनि त्यसले अर्थको अनर्थ लिन्छ ।

हामीले झन्डा राष्ट्रियताको लागि ,खुसिको लागि झन्डाको प्रयोग गर्दछौ तर नेपालको संबिधान अनुसार झन्डा झुकाउनु भनेको नेपाल शोकमग्न छ भन्ने बुझिन्छ । सिधा भन्नु पर्दा झन्डा झुकाउनु भनेको कुनै राष्ट्रिय शोक सभामा मनाउनु हो । त्यसैले झन्डा सहि तरिकाले प्रयोग गरिएन भने गलत अर्थ लाग्दछ र हाम्रा विशिष्ट व्यक्तिहरुलाई त्यति त्यो कुरामा ध्यान नहुन सक्छ ।त्यसको पब्लिक जवाफ देहि भने बिशिष्टहरु नै हुन्छन र हाम्रो नै ब्याजत हुन सक्छ बरु झन्डाको महत्व र प्रयोग गर्न जानिदैन भने झन्डा नराख्द पनि बेश हुन्छ । राखने पर्दछ भन्ने कुनै बाध्यता छैन ।

मलाई कुनै एक पूर्व विशिष्ट बिदेशी मुलुकमा भ्रमण आउदा त्यस्तै भएको याद छ । जुन कुरा सामाजिक संजाल मार्फत बिदेशिलेनै झन्डा गलत प्रयोग भएको भनि कमेन्ट लेखेको कुरा बाराम बार झझल्को आइरहेको छ । जुन आधिकारिक आयोजक व्यक्तव ज्युहरुले देख्नु भयो कि नै तर मै लाई त्यो विदेशीले सामाजिक संजाल मार्फत कमेन्ट लेखेको कुराले पिन्च पारी रहेको छ । त्यस कार्यक्रमको आयोजक त म होइन तर नेपाली भएको नाताले हुनु स्वाभाविक होला भन्ने ठान्दछु ।

अन्तमा आदरणीय राष्ट्र प्रेमी ,देश भक्ति समाजसेबी मित ज्युहरु तपाईहरुले नेपाल प्रति देखाएको माया ,प्रेम, सद्भाव सहयोग प्रति म सामान्य नेपाली शुभ चिन्तक, दर्शक आभारी छु । तर मेरो के सुझाब छ भने कार्यक्रममा नेपाली झन्डा प्रयोग गर्दा के कति अप्ठ्यारा स्थान ,समय अपुग , आर्थिकको अपुग आदि आदि पनि होला र त झन्डा गलत प्रयोग गर्नु बाध्यता तपाईहरुलाई नै थाहा हुन्छ तर बाहिरी दर्शकले त केवल भन्न सजिलो हुन्छ।

त्यहि पनि केहि त्यस्ता बाध्यता छन् भने प्रयोग नै गर्नुपर्छ भन्ने छैन नगर्दा पनि हामी राष्ट्र प्रेमी नेपाली नै हौ । नेपाल प्रति त्यतिनै माया छ तर अर्थको अनर्थ लाग्ने गरि प्रयोग गरियो भने के हुन्छ ? हामी सबैले बुझनु पर्दछ ।

पोखरा ११, कास्की
हाल .पोर्तुगल