कालो पोथी अस्करमा पुग्यो। 


स्पेन, बिश्व प्रसिद्ध फिल्म अवार्ड अस्कर २०१७ मा बिदेशी भाषी सर्बोत्कृष्ट चलचित्र विधामा नेपाली चलचित्र “कालो पोथी”ले प्रवेश पाएको छ। नेपालबाट मिन बहादुर भाम निर्देशित कालोपोथी, को आफ्नो र दिपेन्द्र के खनाल निर्देशित पशुपतिप्रसाद अस्करको लागि प्रतिष्पर्धामा उत्रेका थिए। नेपालको लागि चलचित्र बिकाश बोर्ड अन्तर्गतको बिदेशी भाषी सर्बोत्कृष्ट चलचित्र छनोट समितिले कालो पोथीलाई ८९ अस्कर अवार्ड (एकेडेमी अवार्ड) का लागि सिफारिस गरेको हो।अस्करका लागि कालो पोथी अन्य चलचित्र भन्दा हरेक बिषयमा अव्वल रहेको चलचित्र छनोट समितिले जनाएको छ।

कर्णालीको मुगुमा बोलिने खस भाषालाई संवाद शैली बनाएर तयार पारिएको ‘कालो पोथी’मा दश बर्षे सशस्त्र द्वन्दले पारेको प्रभाव सहित मुगुको एउटा गाउँमा बस्ने २ बालकको मित्रताको कथा समेटिएको छ। नेपालमा दर्शक तथा समिक्षकहरुको समेत राम्रो प्रतिक्रिया पाएको चलचित्रले यस अघिनै विभिन्न देशमा सम्पन्न अवार्ड समारोहमा पुरस्कार तथा अवार्ड जितिसकेको छ। 

कालो पोथिको ट्रेलर हेर्नुहोस।