नवजोत सिंह सिद्वुले छाड्ने भए ‘द कपिल शर्मा शो’


सेप्टेम्बर २१, क्रिकेटर बाट नेता बनेका नवजोत सिंह सिद्वु सोनी च्यानलबाट प्रशारण हुने चर्चित टेलिभजन कार्यक्रम  ‘द कपिल शर्मा शो’ छोड्ने भएका छन्।

केहि समय अगाडी भारतीय जनता पार्टी छोडेका सिद्वु आम आदमी पार्टी प्रवेश गर्ने चर्चा चले पनि अन्तत ‘आवाज ए पन्जाब’ मोर्चामा आवद्व भएका उनि आगामी महिना पंजाव जाने भएका छन्। समाचार श्रोतका अनुसार उनि ‘द कपिल शर्मा शो’ बाट बिदा भै सकेका छन् र उनि सेप्टेम्बर सम्म मात्र देखिनेछन्।

आफ्नो राजनीतिक करियरका लागि अक्टोबर १ का दिन पन्जाव जान लागेका सिद्वुलाई भव्य रुपमा स्वागत गरिन लागेको पनि समाचारमा जनाईएको छ।