जनसम्पर्क समिति स्पेनको अधिबेशन दोश्रो पटक स्थगित (पत्र सहित)


बार्सिलोना, नेपाली जनसम्पर्क समिति स्पेनको अधिवेशन दोश्रो पटक स्थगित भएको छ।

नेपाली कांग्रेससंग आवद्व नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिवेशन क्रममा नयाँ कार्यसमितिको निर्वाचनका सम्बन्धमा बैधानिक र प्रक्रियागत समस्या देखिएको भन्दै अर्को निर्देशन प्राप्त नहुन्जेल सम्मका लागि जनसम्पर्क समिति स्पेनको पाँचौ अधिवेशन स्थगित गर्न नेपाली कांग्रेस केन्द्रिय कार्यालयले लिखित रुपमा जानकारी गराएको छ।

केन्द्रको पत्र प्राप्त भए पश्चात समितिका अध्यक्ष शालिक राम डुम्रे तथा महामन्त्री राजु थापाले संयुक्त रुपमा जनसम्पर्क समिति स्पेनको आधिकारिक फेसबुक मार्फत सूचना जारि गर्दै अक्टुबर २ तारिख गर्ने भनिएको अधिबेशन स्थगित भएको जानकारी गराएका छन्।

स्मरण रहोस् नेपालि जनसम्पर्क समिति स्पेनको पाचौं अधिबेशन यस अघि सेप्टेम्बर १८ र अक्टोबर २ मा गरि दुइ पटक मिति तोकेर पनि हुन सकेको छैन। jss-letter