गैर आवासीय नेपाली संघ स्पेनले साधारण सभा र दशैं कार्यक्रम संगै गर्ने


बार्सिलोना, नेपालीहरुको महान चाड बिजय दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद स्पेनले आफ्नो बार्षिक साधारण सभा र दशैं कार्यक्रम एकै दिन सम्पन्न गर्ने भएको छ। कार्यक्रमको प्रथम चरणमा संघको साधारण सभा र दोश्रो चरणमा शुभकामना आदान प्रदान तथा बिबिध साँस्कृतिक कार्यक्रम गर्ने जनाउँदै स्पेन स्थित सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुन् अनुरोध गरेको छ।

गैर आवासीय नेपाली संघ स्पेनले राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको यूरोप शाखा संग सहकार्य गर्ने यस कार्यक्रममा स्पेनमा पहिलो पटक प्रत्यक्ष लोकदोहोरी प्रस्तुत गर्न नेपालका चर्चित लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने सहितको टोलि संगै स्थानीय कलाकारहरुले पनि आफ्नो उत्कृष्ट प्रस्तुति दिने भएका छन्।

आगामी १५ अक्टोबर २०१६ का दिन C/Comandate Benitez, 6 Barcelona (Centre civic Joan olive pere quart) स्थित आयोजना गर्न लागिएको दशैं बिशेष कार्यक्रमको तयारीका लागि शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको लागि संघका उपाध्यक्ष गौतम गुरुङ् लाई संयोजक बनाएर समिति गठन गरेको छ भने स्वयम्सेवक तर्फ संघका प्रवक्ता सुवाश रानाभाटको संयोजकत्वमा एक समिति बनाइएको छ।