परोपकारी संगीत कोषका लागि फ्रान्समा ‘बडा दशैं लोक दोहोरी धमाका’


फ्रान्स, नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखा र नेपाली एकता समाज फ्रान्सको संयुक्त आयोजनामा फ्रान्सको राजधानी पेरिसमा स्थित ‘बडा दशैं लोक दोहोरी धमाका २०१६’ नामक कार्यक्रम हुने भएको छ।

नेपाल र नेपाली समाजको सेवा गर्ने उधेश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाले स्थापना गरेको ‘परोपकारी संगीत कोष’ बिकासको लागि पेरिसमा हुन गैरहेको ‘बडादशैं लोक दोहोरी धमाका २०१६’ कार्यक्रममा चर्चित गायक पुरुषोत्तम न्यौपानेको साथमा युरोपमा रहेका कलाकारहरु सुमी घिमिरे, बिनिता लामिछाने, जे बि ओली, इमान मगर, सुबास पुन, दिपक बुढाथोकी, भगवान भुजेल, नबिन भट्टराईले प्रत्यक्ष दोहोरी प्रस्तुत गर्ने भएका छन्। 

परोपकारी कार्यमा साथ दिन र प्रत्यक्ष बाजा बजेको सांस्कृतिक कार्यक्रमको रमाइलो लिनको लागि फ्रान्स स्थित सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ।

मिति: ९ अक्टोबर २०१६ आइतबार
स्थान: Restaurant Kamran 77-79 rue du Landy
93300 Aubervilliers, France
समय: दिनको १ बजे बाट
आयोजक : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखा र नेपाली एकता समाज, फ्रान्स

Direction :
RER B: La Plaine St de France and Take Bus 173,139,239 Station: Murger
Metro 7: La Courneuve and Take bus 173 Station: Murger
Metro 12: Front Popularie and Take bus 239,139 Station: Murger