शेष घलेद्वारा झापामा बिधुतिय पुस्तकालयको उदघाटन


झापा । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. शेष घलेले एक भव्य समारोहका बीच झापाको बिधुतिय पुस्तकालको समुदघाटन गरेका छन् । डा. घलेले।श्री महेन्द्र मा.बि जलथल – ६ स्थित बिधुतिय पुस्तकालय तथा कृषि सूचना केन्द्रको हालै उद्घघाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै डा. घलेले अवको युग ब्यबसायिक, प्राबिधिक र सिपमुलक शिक्षाको समय भएको बताए । उनले बिधुतिय पुस्तकालय तथा कृषि अनुसन्धान केन्द्रलाई अन्तराष्ट्रीय संजालमा जोड्नका लागि आवश्यक सबै प्रकारका पहल र सहयोग गर्ने प्रतिबद्वता समेत ब्यक्त गरे ।

सोहि कार्यक्रमा यस क्षेत्रमा रहेका दृष्टिबिहिनहरुबाट बुझाइएको ज्ञापन पत्र बुझ्दै, गत यूरोपियन बैठकमा दृष्टिबिहिनहरुका लागि शुरु भएको ट्रष्ट मार्फत सहयोगका लागि पहल गर्न एनअारएनए यूरोपका संयोजक कुल आचार्यलाई ज्ञापन पत्र जिम्मा लगाएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अमृतलाल राजबंशीले यस बिधुतिय पुस्तकालय संचालनमा अबरोध नहोस भनि आफ्नो सांसद कोषको रकमबाट सोलार प्यानल जडान गर्न सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गरे । एनआरएनए उपाध्यक्ष कुमार पन्तले राजनीतिक र सामाजिक रुपमा सचेत जिल्ला झापामा एनअारएनको यो पहिलो कार्यक्रम भएको र यस्ता कार्यक्रमहरुमा आफ्नो सदैव साथ् र सहयोग रहने बिश्वास दिलाए ।यूरोप संयोजक आचार्यले यस्ता रचनात्मक कार्यक्रमहरुमा सधैं साथ् रहने कुरा बताउंदै पुस्तकालयलाई अपाङ्ग मैत्री बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्दता ब्यक्त गरे ।

कार्यक्रममा नेपाल लाइब्रेरी फाउनडेसन युरोप संयोजक सोम सापकोटाले आवश्यक प्राबिधिक सहयोग निरन्तर रहने जानकारी गराए। उक्त अवसरमा एनअारएन उत्तर अमेरिका संयोजक सोनाम लामा, आयरल्याण्ड नि.बर्तमान अध्यक्ष गणेश प्रसाईंको समेत उपस्थिति रहेको थियो।

यस विद्यालयका भूपू बिद्यार्थी एनआरएन डेनमार्कका नि.बर्तमान अध्यक्ष तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि दीपक सापकोटाको सकृय अग्रसरतामा स्थानीय उक्त बिधुतिय पुस्ताकालयमा जिल्ला शिक्षा कार्यालय, झापा, गैर आवासीय नेपालीहरु तथा स्थानिय संघसंस्था, समाजसेवी, बुद्विजिविहरुको करिव ६५ लाखको लागतमा भव्य दुई तले भवन सहितको बिधुतिय पुस्तकालय तथा प्रस्तावित कृषि सूचना केन्द्रको निर्माण भएको हो।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक गंगाराम खरेलले बिधुतिय पुस्तकालयको अवाधारणा तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थियो। सो अवसरमा दाताहरुलाई कदरपत्र सहित दोसल्ला ओढाई बिधुतिय पुस्तकालयका संयोजक तथा कार्यक्रमका सभाध्यक्ष जनार्दन उप्रेती र आर्थिक समिति संयोजक होम प्रसाद चुडालले संयुक्त रुपमा सम्मान गरेका थिए ।