क्यानडामा एनआरएनए डे भव्यरूपमा मनाईदै


आदरणीय क्यानडाबासी गैरआवासीय नेपालीहरु

विदेशमा बस्ने नेपालीहरुको साँझा संस्था गैरआवासीय नेपाली संघको स्थापना भएको १३ बर्ष लाग्दैछ । संस्थापक अध्यक्ष उपेन्द्र महतोको परिकल्पनामा बेलायतको राजधानी लन्डनबाट शुरु भएको गैरआवासीय अभियान अहिले यहाँ सम्म आइपुगेको छ । विदेशमा बस्ने नेपाली र नेपाल सरकारका बीच पुलको भूमिका निर्बाह गर्दै आएको अभियानको स्थापना दिवस अक्टोवर ११ तारिखका दिन मनाउने नेपाल सरकारले यसअघि नै घोषणा गरिसेको छ ।

यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ क्यानाडाले बिषेश कार्यक्रमको आयोजना गर्न लागेको छ । विजया दशमी तथा दीपावलीको शुभकामना आदानप्रदान समेत गरिने उक्त कार्यक्रममा क्यानडाका लागी नेपाली महामहिम राजदुत श्री काली प्रसाद पोखरेल ज्युको पनी उपस्थित हुने छ ।

सम्पूर्ण GTA निवासीहरूलाई अतिथिको रुपमा उपस्थित भै कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।  अभियानलाई यहाँ सम्म नेतृत्व प्रदान गर्नुहुने पूर्वअध्यक्षहरु डा उपेन्द्र महतो, देवमान हिराचन, प्रमुख संरक्षक जीवा लामिछाने र वर्तमान अध्यक्ष डा.शेष घलेको योगदानलाई समेत स्मरण गरिने सो कार्यक्रममा एनआरएनका केन्द्रीय नेताहरुलाई समेत आमन्त्रण गरिएको छ ।

मिती: २२ अक्टोबर २०१६ 

समय : साँझ ५ बजे देखि राति ११ बजे सम्म

स्थान: गोर्खा प्यालेस थकाली किचन   

ठेगाना : 1855 Dundas Street East Mississauga ON Canada

तुला भट्टचन
कार्यक्रम संयोजक
गैरआवासीय नेपाली संघ क्यानडा