अमिर खानको नयाँ चलचित्र दंगलको ट्रेलर सार्वजनिक (भिडियो)


स्पेन, भारतीय सुपरस्टार अमिर खानको नयाँ चलचित्र दंगलको ट्रेलर रिलिज भएको छ। बहादुर कुस्तीबाज महाबिर सिंह फोगतको कथा उठाइएको बलिउड चलचित्र ‘दंगल’ २३ डिसेम्वरमा रिलिज हुँदैछ। नितेश तिवारीले निर्देशन गरेको चलचित्रमा बलिउड स्टार आमिर खान, साक्षी तनवर, फातिमा साना सेख,सान्य मलोहतत्रा लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ।

हरियाणाका महावीर सिंहको यथार्थ कथामा आधारित दंगलमा एक बुवाले आफ्नो छोरीहरुलाई कुस्ती सिकाउँछन्। जसमा आमिर खानले फिल्ममा एक बुवाको भूमीका निर्वाह गरेका छन्। आफ्नो चरित्रलाई जिवन्त बनाउन अत्यन्तै मेहनत गर्ने आमिरले यस चलचित्रमा पनि पनि निकै मेहनत गरेका प्रष्ट देखिन्छ ।

बहु प्रतिक्षित यस चलचित्रलाई फिल्मलाई आमिर खान, सिद्दार्थ रोए कपुर र किरण राओले मिलेर निर्माण गरेका हुन्।

चलचित्र दनगलको ट्रेलर हेर्नुहोस्