लुट -२ को आइटम गीत ठमेल बजार रिलिज (भिडियो)


स्पेन, ब्लकबस्टर फिल्म लुटको सिक्वेल चलचित्र ‘लुट -२’ को आइटम गीत ठमेल बजार रिलिज भएको छ।
सार्वजनिक उक्त गीतमा अलिशा राईले नृत्य गरेकी छन् भने उनीसंगै गीतमा निर्देशक निश्चल बस्नेत, अभिनेता दयाहाङ् राई लगायतलाई देख्न सकिन्छ।
कालिप्रसाद बाँस्कोटाको संगीत रहेको गीतमा स्वरमा काली प्रसादलाई मीना निरौला र भानुभक्त ढकालले साथ दिएका छन् भने गीतको कोरियोग्राफी बिक्रम सवारले गरेका छन्।
फागुन १३ रिलिज हुने फिल्ममा दयासँगै सौगात मल्ल, विपिन कार्की, ऋचा शर्मा, कर्मा शाक्य, प्रविण खतिवडा, सुशिलराज पाण्डे लगायतको अभिनय रहेको छ।