ज्योती मगरले छमछमी नाँचेर आफ्नो जवानी पोखीन्


राजाराम पौडेल,पोखरा- विभिन्न गीतमा अंग प्रर्दशन गरेर चर्चामा आएकी ज्योती मगरले छमछमी नाँचेर आफ्नो जवानी पोखेकी छन् । प्राप्ति म्युजिक एण्ड क्रियशनको प्रस्तुतीमा प्राप्ति पौडेलको नयाँ गीत देउसी र भैलोको भिडियोमा उनले आफ्नो जवानी पोखेकी हुन् । गीतको भिडियोमा उनलाई शिव विकले साथ दिएका छन् ।

देउसी भैलो गीतमा छमछमी नाँचेर उनीहरुले आफ्नो प्रतिभा देखाएका छन् । यो गीतलाई दर्शक श्रोताले रुचाएका छन् । एल्बम ‘जताततै मखमली फूल्यो’मा समावेश गरिएको यस गीतमा आवाज थमन परियार मुना थापामगर र प्रेमसागर पौडेलले भरेका छन् । गीतको लय थमन परियार र शब्द प्राप्ति पौडेलले सिर्जना गरेका हुन् ।

भिडियो निर्देशन शिव विक तथा छायाकंन शम्भु चालिसेले गरेका हुन् । सम्पादन रविन विकले गरेको भिडियो शिव मिडिया प्रालिको निर्माणमा बनेको हो । धापासीमा छायाकंन गरिएको गीतलाई रक्षा म्युजिकको प्रस्तुतीमा युटुव रिलिज गरिएको छ ।