चलचित्रको छायांकनका क्रममा २ कलाकार तालमा डुबेर गायव (भिडियो सहित)


बेंगलोर स्थित एक कनाड़ा फिल्मको क्लाइमेक्सको छायांकन गर्ने क्रममा २ जना कलाकार तालमा डुबेका छन्।
कन्नडा फिल्म ‘मस्तीगुडी’ को कलाईमेक्सको छायांकनको क्रममा हेलिकप्टरबाट चलचित्रका नायक संगै अन्य २ जना कलाकारहरु तालमा हाम फाल्नु पर्ने थियो तर २ जना कलाकारहरु हामफाले पछि डुबेको डुबेई भए भने चलचित्रका नायक विजय मात्र पौडिन सफल भए र पछि उनलाई रेस्क्यु टिमले बाहिर निकाल्यो।
समाचार श्रोतका अनुसार उनीहरुको मृत्यु भएको आशंका गरे पनि अहिले सम्म उनीहरुको शव भेटिएको छैन। उदय र अनिल नाम गरेका कलाकार द्वय दक्षिण भारतीय चलचित्रमा चर्चित रहेको बताइएको छ।
सुत्रका अनुसार सुटिंगका क्रममा कुनै सेफ्टी नअपनाइएको र रिहर्सल समेत नगरिएको बताइएको छ। घटना पश्चात चलचित्रका निर्देशक र निर्मातालाई पक्राउ गरिएको छ।
भिडियो