संगीतमा झुम्यो बार्सिलोना (फोटोफिचर सहित)


– बसन्त रानाभाट,बार्सिलोना

  • देउरालीको चौतारीमा,
  • संगिनीले आँखा छोपेको
  • आँउछ अझै झझल्को ….….

चर्चित गायक संजीव प्रधानले यो गीत गाईरहँदा उनि सँग सँगै दोस्रो पुस्ताका नेपाली युवायुवतीहरुले पनि कण्ठस्त गाएर सुनाए। बार्सिलोनाको सांगीतिक माहोलमा वान्स मोरको चर्को आवाज सुने पछि गायक प्रधानले फेरि गीतलाई दोर्हाएर सुनाएँ। लुकामारी खेलेको बनपाखामा,खेल्ने गर्थ्यौ सानैमा…एक अर्काको नाम लेखि ढुंगामा,बगरमा हामी डुलेको,आउँछ अझै झझल्को।

गायक प्रधानको यो चर्चित गीतले दुई थरी दर्शकलाई फरक- फरक ढंगले आकर्षित गर्यो। एकातर्फ यतै विदेशमा हुर्केका नेपाली बालबालिका देखि युवायुवतीसम्मको ध्यान खिच्चो। त्यतिमात्र हैन बर्षौ पुराना भए पनि स्तरीय गीतहरु भए अहिलेको पिढीमाँझ पनि उति नै लोकप्रिय हुन्छ भन्ने प्रमाणित गर्यो।

अर्को तर्फ सोही गीतले नै प्रबासमा रहेका नेपाली दाजुभाईलाई घर फर्काईदियो। आफ्नै गाउँ पाखा देउराली,बगरसम्म लुकामारीको याद दिलाईदियो। नेवा पासा पुच स्पेनले तिहारको अबसरमा आईतबार बार्सिलोनामा बिशेष सांगीतिक कार्यक्रम गर्दा माहोल यस्तै बनेको थियो। पहिलो पटक स्पेन आएका गायक प्रधानले भोली फेरी सल्ला घारिमा,नशा भित्र नशासरी,सिरिमा सिरी जस्ता आफ्ना चर्चित गीतहरु सुनाउँदै दर्शकको मन जिते।img_1006कार्यक्रमकै आकर्षणको रुपमा रहेकी अर्की चर्चित पप गायिका नलिना चित्रकारले भने मौसमलाई नै बदलीदिईन्। युरोपमा बढ्दै गरेको जाडोको मौसम केहि समय भए पनि तातिएको थियो। “पानि पानि” बोलको गीतबाट गाउँन सुरु गरेकी गायिका चित्रकारले अन्त्य तिर भने स्पेनबासी नेपालीहरुलाई मज्जैले नचाईन्। गोरी गोरी सानी मोरी ,आज भन्दा हिजो राम्रो,चाहिन्दैन हिरा र मोती,चन्चले बानी सम्हालिदेउ जस्ता लोक प्रिय गितहरु साथै,जनजिब्रोमा झुण्डिएका पुराना गीतहरु सुनाउँदा दर्शकले खुलेर तारिफ गरे।img_1005कार्यक्रममा स्थानीय कलाकारहरुले पनि बेजोड प्रस्तुती राखे। तिहार धुनबाट सुरु भएको माहोल देउँसी भैलौ,पुर्ब पश्चिम रेल हुँदै निर जहिले रिसाउँने सम्म पुग्यो। कार्यक्रममा नेपाली पाठशालाका बालबालिकाहरुले प्रस्तुति राख्दा दर्शकहरुले चर्को हुटिङ् गरे। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला उपसंयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्पेन स्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

समाजका अध्यक्ष निलु अवाले श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सन्तोष श्रेष्ठ र सुनिता शाहीले गरेका थिए। यसैबीच टपरीमा नेवारी खाना पाउँदा स्पेनबासी नेपालीहरु खुशी भए भने कार्यक्रममा नेपाली ढाकाको खादा प्रयोग हुँदा सहभागीहरुले आयोजकको खुलेर प्रशंसा गरेका थिए।img_0996img_0997img_1002img_0995img_1004img_1003img_1008img_1007img_0998