आर.सीको शब्द संगीतमा सत्यराजको ‘तिम्रो सुन्दर आँखामा’ चर्चित बन्दै (भिडियो)


१५ नोभेम्बर, गीतकार तथा संगीतकार आर.सी थापा (रामचन्द्र थापा)को शब्द तथा संगीतमा सत्यराज आचार्यको स्वर रहेको ‘तिम्रो सुन्दर आँखामा’ बोलको गित यतिबेला यूटुबमा चर्चित बनिरहेको छ।

केही दिन अगाडी राजधानीमा एक बिशेष कार्यक्रममा गीतकार तथा चलचित्र निर्देशक यादव खरेलद्वारा बिमोचन गरिएको गीति एल्वम ‘प्रारम्भ’ मा समावेश यस गीतमा आर.सी थापाको एकल संगित रहेको छ भने सत्य-स्वरुपको स्वर रहेको छ।

सत्य स्वरूप इन्टरटेन्मेटको पहिलो कोसेलीको रुपमा बजारमा आएको ‘प्रारम्भ’ गीति एल्वममा समावेश रहेको यस गीतको भिडियोमा नायिका प्रियंका कार्की र सत्यराज आचर्यले अभिनय गरेका छन्।

सार्वजनिक भएको एक हप्ता नहुँदै ६० हजार भन्दा बढी दर्शकद्वारा युटूब हेरिएको म्युजिक भिडियोमा अर्जुन तिवारीको छायांकन तथा निकेश खड्का निर्देशन रहेको छ।