माओत्सेले कसरी बनाए पुरानो डुङ्गाको कन्सेफ्ट, फिल्म मंसिर १० गतेबाट देशभर प्रदर्शन हुँदै


राजाराम पौडेल/पोखरा-भर्खरै म्युजिक भिडियो तर्फको क्रेज बढ्न थालेको समय । त्यतिबेला आयो कर्णदासकोे दोस्रो सोलो एल्बम पुरानो डुङ्गा । जुनबेला कर्णदासको क्रेज नेपाली साँगीतिक फाँटमा चुलिदै थियो । एल्बममा रहेको शिर्षक गीतको भिडियो निर्माणको लागि माओत्से गुरुङ्गलाई अभिनय गर्न लगाइयो । माझीको कथामा गुरुङले अभिनय गरे । उनको अभिनयको तारिफ समेत भयो । यो गीतमा अभिनय गर्ने क्रममा उनले माझीहरुको दुःख सुःखको बारेमा बुझ्नै मौका पाए । माझीकै कथामा फिल्म बनाउने सोच उनले बनाए । फिल्मको कन्सेफ्ट तयार पारे । उनको यो कन्सेफ्ट केहिवर्षपछि रामबाबु गुरुङ, दयाहाङ राई, उपेन्द्र सुब्बा, नविन सुब्बालाई मात्र नभएर आफ्ना पोखरेली साथीहरुलाई समेत सुनाए । सबैले राम्रो कन्सेफ्ट भन्दै हौसला दिएपछि यो प्रोजेक्ट अगाडि बढ्दै फिल्म पुरानो डुङ्गाको जन्म भएको हो । जुन फिल्म मंसिर १० गतेबाट देशभरका सिनेमा हलबाट प्रदर्शन हुदैँछ ।

माझी परिवारको कथा बोकेकोे फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ र मेनुका प्रधान, साजन थापा ,पुर्णिमा गुरुङ, धनबहादुर गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । शुरुमा माओत्सेलेने निर्देशन समेत गर्ने सोच बनाएपनि अभिनय र निर्देशन दुवै गर्न गाह्रो हुने भएकोले निर्देशनको जिम्मा रामबाबु गुरुङ्गले पाएका हुन् । सिनेमाआर्ट र माओत्से गुरुङ फिल्मस्को संयुक्त व्यानरमा बनेको फिल्ममा शैलेन्द्र कार्कीको छांयाकन, निमेश श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटीको संगीत, माओत्से गुरुङको कथा र उपेन्द्र सुब्बाको पटकथा फिल्ममा छ ।

यसैगरी रौनक विक्रम कँडेल, ओमचन्द रौनियार, धनवहादुर गुरुङले लगानी गरेका छन् । फिल्ममा समावेश निर जैले रिसाउने र पुरानो डुङ्गा गीतको चर्चा बढ्दैछ । २५ दिनमा सकिएको फिल्मको छायाकंन पोखरा आसपासमा भएको थियो । फेवाताल, वेगनास ताल, सुन्दरीडाँडा, तालबेसी, लालि गुराँसटोलका सुन्दर दृश्य फिल्ममा कैद गरिएको छ । तालमा माछा मारेर, डुङ्गा खियायर जिविकोपार्जन गर्ने माझीको कथा हो पुरानो डुङ्गा । जस्को जीवन तालकै पेरीफेरीमा बित्छ । आर्थिक रुपमा विपन्न भएपनि परिवारलाई खुशी राख्नका लागि निरन्तर मेहनत गर्ने । एक करोड सात लाख पुगिसकेको छ । फिल्ममा दयाहाङ राईको दाई बनेका छन् माओत्से । दर्शकको मन जितेर लगानी सजिलै उठाउने निर्माण पक्षको विश्वास छ ।  शहरको विकृती र दाजुभाई बिचको पारिवारीक विवाद वरिपरि फिल्म केन्द्रित छ । फिल्मले नेपाली मौलीकपना बोकेका दावी माओत्सेलेगर्छन् । सरल विषयवस्तुमा हाँसो र रोदन मिश्रण गरिएकोले दर्शकले आफ्नोपना महशुस गर्नेछन् । निर्माण युनिट फिल्मको प्रचारप्रसारको लागि देशदौडाहमा दौडिरहेका छन् ।

हुनत निर्देशक रामबाबु गुरुङले फिल्म कबड्डी मा माओत्सेलाई अभिनय गर्न प्रस्ताव राखे । गुरुङ फिल्ममा राम्रो पकड कायम राखेका माओत्सेले उनको प्रस्ताव अस्विकार गरे । कारण उनले गुरुङ्ग फिल्ममानै आफ्नो भविष्य देखे । विस्तारै माओत्सेलाई गुरुङ फिल्ममा मात्र अभिनय गर्दा सिमित समाजमा मात्र अलमलिएको आभाष भयो । आफ्नो क्षमता प्रस्ुतत गर्ने फराकिलो दायरको लागि नेपाली फिल्म खेल्नुपर्ने रहेछ भन्ने महशुस उनलाई भयो ।  यहि समयमा पुनः अर्को फिल्म कबड्डी कबड्डीमा खेल्न निर्देशक रामबाबुले माओत्सलेलाई प्रस्ताव गरे । कुनै विलम्ब नगरी यो प्रस्ताव भने स्विकार गरे । कारण गुरुङ फिल्म समुदायमा मात्र सिमित हुदाँ नेपाली फिल्ममा अभिनय गर्दा फाइदा हुन्छ भन्ने निर्णयमा उनी पुगिसकेका थिए । फिल्म मार्फत दर्शकको माया र एवार्ड समेत उनले हात पारे ।

वि.स. २०६२ मा ‘अचम्मै भो’ फिल्मबाट चलचित्र निर्देशन शुरु गरेका गुरुङले कृपा, तिनागा, नकई फँु, सुराग, जुनी जुनी, नरे लगायतका एक दर्जन गुरुङ फिल्म निर्देशन गरिसकेका छन् । कास्की जिल्लाको हंसपुर गाउँ विकास समिति–७ स्याक्लुङमा बुबा स्व.गंगा बहादुर तथा आमा धनमाया गुरुङको कान्छो सन्तानको रुपमा २०३२ सालमा उनको जन्म भएको थियो । सानैदेखि अभिनयमा रुचि राख्ने उनले गाउँमा हुने विभिन्न कार्यक्रम मार्फत आफ्नो  अभिनय कला प्रस्तुत गर्न थाले । यसैक्रममा २०४७ मा पञ्च भन्ने नाटकमा अभिनय गरे पश्चात सबैतीरबाट प्रशंसा पाए । अनि कलाकारीता क्षेत्रमा अगाडी बढ्न हौसिए । औपचारीक रुपमा २०४९ मा ‘परित्याग’ नाटक बाट यात्रा अगाडी बढाएका यिनले विजय सपना, ममताको अभाव, क्रिया याने नाम सर्वनाम विशेषण लगायत डेढ दर्जन नाटकमा अभिनय गरिसकेका छन् । दिर्घजिवी नाटक समुहमा आवद्ध रहेर नाटक मञ्चन गर्न शुरु गरेका गुरुङको यो क्षेत्रमा लोकप्रियता बढाउन प्रतिबिम्ब नाट्य समुहको साथ उलेख्य रहेको छ ।

नाटक बाट अगाडी बढेको उनको यात्रा वि.स.२०५१ सालमा पोखराबाट निर्माण गरिएको चलचित्र ‘काडाँ’ बाट चलचित्रको क्षेत्रमा पनि भयो । पतझड, रि च्हमी, पैतिस दिन, विदेशको माटो स्वदेशको पीडा, ध्रि धीब्रै व्यथा, आङी, अचम्मै भो, कृपा, मलामी, हङकङ आइडी, नकई फुँ लगायतका चलचित्रमा उनको अभिनय देख्न सकिन्छ । टुक्रियको सपना, दलन टेरीसिरीयल मार्फत पनि आफ्नो लोकप्रियता बढाईसकेका गुरुङले कर्णदासको पुरानो डुङा र मान्छे नै हो गरीब, ब्रोसीस समुहको यति राम्रो, रामचन्द« काफ्लेको गोठमा हे¥यो भैसी छ, लगायतका गितको म्युजिक भिडीयोमा समेत अभिनय गरेका छन् । त्यसो त उनले फिल्मको लागि कथा आफै लेख्छन् । कहाँ बिसाऊ मनको भारी, सै–होर्ने मुस्यो, ङै ङ्हो, अचम्मै भो, कृपा, तिनागा, प्हे«मे, स्याक्लुङ, घ्रि धिब्रै व्यथा चलचित्रमा उनको कथा छ । उनले निर्माण भइरहेको नयाँ फिल्म अग्निदहनमा अभिनय गरेका छन् । उनी गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) का संस्थापक अध्यक्ष समेत हुन् ।