दुनिया बेग्लै छ भन्ने गायक यति बेला चट्ट सलाम भन्दै छन् (म्यूजिक भिडीयो सहित)


२, डिसेम्बर, ‘दुनिया बेग्लै छ’ गीत गाएर चर्चित बनेका गायक समिर आचार्य आफ्नो नयाँ गीत ‘चट्ट सलाम छ’ लिएर दर्शक तथा श्रोता माझ आएका छन्।

अष्ट्रेलियामा बसेर गीतसंगीतमा सक्रिय रहेका गायक आचार्यको नयाँ गीत चट्ट सलाममा सुदुरपश्चिममा बोलिने भाषालाई समेटिएको छ। केहि समय यता सुदुरपश्चिमको भाषा समेटेर गीत बनाउने क्रम बढेको छ। नेपाली चलचित्र ‘सुनपानी’ को ‘अल्छी मेरो ज्यान’ तथा यस बर्षको ब्लकबस्टर चलचित्र ‘छक्कापन्जा’को ‘देखन चम्पा’ यसका केही उदाहरण हुन्।

समिर आचार्यले पनि यति बेला सुदर पश्चिमकै भाषा रोजेका छन् आफ्नै शब्द तथा संगीत रहेको गीत चट्ट सलाम पनि उनको पहिलो गित दुनिया बेग्लै जस्तो दर्शक तथा श्रोताको मुखमै झुण्डिने खालको रहेको छ।

समिरले गायिका टिका प्रसाईं सँग मिलेर गाएको ‘चट्ट सलाम छ’ बोलको यस गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरेका छन्। मोहन अधिकारीले निर्देशन तयार भएको भिडियोमा मोडल निराजन प्रधान र नम्रता सापकोटाको अभिनय रहेको छ।