‘दर्पणछायाँ -२’ को शिर्ष गित ‘आकाशैमा’ सार्वजनिक (भिडियो सहित)


५, डिसेम्बर, आगामी फागुन २७ गते प्रदर्शनको मिति तोकिएको चलचित्र फिल्म ‘दर्पणछायाँ २’ को गीत सार्वजनिक गरिएको छ। बरिष्ट निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित चलचित्रको ‘आकाशैमा’ बोलको र्शीष गीतमा चलचित्रका नायक पुष्पल खड्का र साहारा कार्की फिचरिङ छन् ।
राजेश पायल राई र मेलिना राईको स्वर रहेको गीतमा निर्मात्री साबु गदाल कार्कीको शब्द रहेको छ। गीतको कोरियोग्राफी छेदुप लामाले गरेका छन्।
चलचित्रमा पुष्पल खड्का र साहारा कार्कीका साथमा श्रद्धा प्रसाई, फिरोज तिमिल्सिना, सुमन घिमिरे, जीवन आचार्य, तुफान घले, सरिना पौडेल, रोसनी केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई साबु कार्की र रवी कार्कीले निर्माण गरेका हुन् । तुलसी घिमिरेको लेखन र निर्देशन रहको चलचित्रका प्रस्तुतकर्ता डाक्टर लोपसाङ लामा हुन् ।