आर्दश डान्स मास्टरको उपाधी राणालाई


राजाराम पौडेल,पोखरा-आर्दश साँस्कृतिक परिवारको आयोजनामा पोखरामा पहिलोपटक भएको आर्दश डान्स मास्टर२०१६ को उपाधी सन्देश जंग राणाले जितेका छन् । अन्य १५ जना प्रतिष्पर्धीलाई पराजित गर्दै उनले उपाधी सँगै पुरस्कार स्वरुप स्कुटर प्राप्त गरे ।

फस्ट रनरअप बनेका गणेश तामाङले ५० हजार रुपैयाँ नगद हात पार्दा सेकेन्ड रनरअप बनेकी स्मृती गुरुङले २५ हजारमा चित्त बुझाइन् । भिवर च्याइसको पुरस्कार सुस्मिता वञ्जराको पोल्टामा प¥यो । उनले नगद १० हजार हात पारिन् । पोखराको मालेपाटनमा भएको यो कार्यक्रम हेर्न सयौँको संख्यामा पोखरेली युवा पुगेका थिए । क्वाटर फाइनलबाट ८० जना, सेमी फाइनलबा ४० जना हुँदै फाइनलको लागि १६ जना युवायुवति छानिएका थिए । प्रतियोगीताको निर्णायकमा अमन तामाङ, सुवास राई र महेश गोदार रहेका थिए ।
कार्यक्रममा चर्चित भारतीय डान्सिङ रियालिटि शो ‘डान्स प्लस’को दोस्रो सिजनमा रनरअप बनेको वायल्ड रिपर्ज क्रु, बि.टु.डि. डान्स, सुर्योदय कला केन्द्र, माछापुच्छ«े डान्स ट्रेनिङ सेन्टरले आफ्नो प्रस्तुती मार्फत दर्शकको ध्यान खिचे । कार्यक्रमको सञ्चालन सुरज थापा मगर र सुरेन कुमार शुसीलले गरे । टोले प्रतियोगीता भन्दा माथी उठेर दर्शकको मन जित्दै भव्य रुपमा कार्यक्रम सम्पन्न गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको संयोजक राजेश खड्काले प्रतिक्रिया दिए ।