अनमोल र सृष्टिको ‘गाजलु’ युटुबमा रिलिज (फिल्मसहित)


युवापुस्ताका सुपरस्टार नायक अनमोल केसी तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘गाजलु’ युटुबमा रिलिज भएको छ ।  बर्ष २०७३ को नाफा कमाउने पहिलो फिल्म गत जेठ २८ मा सार्वजनिक प्रदर्शनमा आएको थियो ।
डिजिटल कम्पनि ओएसआरले ‘गाजलु’लाई युटुबमा रिलिज गरेको हो । यो फिल्मबाट नेपाली रजतपटमा डेब्यू गरेकी सृष्टिले अभिनयमा सबैको वाहि-वाही पाएकी थिईन् ।
रोहित अधिकारी फिल्मस् को व्यानरमा बनेको फिल्मका निर्माता रोहित अधिकारी हुन् । हेमराज बिसी निर्देशित फिल्ममा अनमोल र सृष्टिसँगै सलोन बस्नेत, गौरव पहारी, मेनका प्रधान लिड अभिनयमा छन् । फिल्मले नेपालसँग विदेशका विभिन्न शहरमा प्रदर्शन हुँदा फिल्मले राम्रै प्रसंसा भेटेको थियो ।
पुरा फिल्म हेर्नुहोस।