केपी ओलीको जीवनीमा आधारित चलचित्र ‘रातो सूर्य’को घोषणा


काठमाण्डौ, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमंत्री केपी ओलीको जीवनीमा आधारित चलचित्र बन्ने भएको छ। ओलीको जीवनीम आधारित चलचित्रको नाम ‘रातो सूर्य’ राखिएको छ। ओलीको बाल्यकाल देखि पारिवारिक र राजनितिक जीवनीलाई समेटेर बनाउन लागिएको चलचित्रको निर्देशन दीपेन्द्र दाहालले गर्ने भएका छन।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र ‘रातो सूर्य’ को घोषणा गरिएको छ। चलचित्र निर्माण घोषणा कार्यक्रममा केपी ओली समेत उपस्थित भएका थिए ।

वन्डर्स मुभिज एन्ड क्रिएटिभको प्रस्तुति रहने ‘रातो सूर्य’ मा वयस्क बेलाका ओलीको भूमिका भने अनुपम शर्माले गर्ने भएका छन् भने बाल्यकालको भूमिकाका लागि उपयुक्त बालकलाकार छनोट गर्न बाँकी नै रहेको निर्माण टीमले जानकारी गराएको छ। चलचित्रका अन्य कलाकारहरुमा टीका पहारी, हरिहर शर्मा, विश्व बस्नेत, सुरवीर पण्डित, उत्तम केसी, केशव भट्टराई लगायत रहने भएका छन।