नेफ्टा अवार्डमा ‘पशुपतिप्रसाद’ सर्वोत्कृष्ट, धुर्मुस सुन्तलीलाई बिशेष सम्मान (विजेताको सूचि सहित)


युएईको दुबईमा शुक्रबार साँझ सम्पन्न भएको नवौं संस्करणको नेफ्टा फिल्म अवार्डमा प्रेम गीतले सर्वाधिक अवार्ड जित्न सफल भएको छ ।  प्रेम गीतको चर्चित गीत म यस्तो गीत गाउँछु बाट संगीतकार अर्जुन पोखरेलले उत्कृष्ट संगीतकारको अवार्ड जीते भने सोही गीतबाट रेनाशा राईलाई उत्कृष्ट कोरियोग्राफी तथा गायक सुगम पोखरेल र गायिका अञ्जु पन्त उत्कृष्ट पाश्र्व गायनको अवार्ड जीत्न सफल भए । प्रेमगीतलाई संगीत बाहेक उत्कृष्ट ड्रेस डिजाइन र नायिका पूजा शर्मालाई पपुलर अवार्ड प्राप्त भएको छ।  

पपुलर सहित ३१ विधामा बाडिएको अवार्ड समारोहमा गीतकारको अवार्ड चाँहि नाईँ नभन्नू ल ४ को मलाई माग्ने बनायौं गीतका लागि डा. कृष्णहरी बराललाई प्रदान गरियो । कार्यक्रममा फन्को, पशुपति प्रसाद र वडा नम्बर ६ ले ३ – ३ विधामा आवर्ड प्र्राप्त गर्न सफल भए । पशुपति प्रसादले सम्बाद, खलनायक र बेष्ट फिल्मको अवार्ड पायो भने वडा नम्बर ६ ले निर्देशक, कला निर्देशक र संगीत संयोजन को अवार्ड प्राप्त गर्न सफल भयो । यस्तै फन्कोले स्क्रिनप्ले, सम्पादन र ब्यागराउन्ड म्यूजिकको अवार्ड जित्न सफल भयो ।

अभिनेता तर्फको अवार्ड चाँहि कबड्डी – कबड्डीबाट दयाहाङ राईलाई दियो भने नम्रता श्रेष्ठले सवै अवार्डमा जस्तै यो अवार्डमा पनि क्लासिकबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन । यस्तै नव अभिनेता तर्फ पल शाहले नाईँ ल ४ बाट अवार्ड उचाले भने सामराज्ञी राज्य लक्ष्मी शाहले पनि अन्य अवार्डमा जस्तै यस अवार्डमा पनि नव अभिनेत्रीको अवार्ड उचालिन । करिब २५ सय दर्शकको उपस्थितीमा सम्पन भएको कार्यक्रममा नेफ्टाले २०३७ साल देखि निरन्तर रुपमा कलाकारहरुको किचन डिपार्टमेन्ट हेरेर योगदान दिएको भन्दै कुल बहादुर महत (जेठा दाई ) र स्थल सहयोगी भएर विगत २५ बर्षदेखि फिल्म उद्योगमा योगदान पुर्याएको सम्मान स्वरुप आन्द बहादुर गुर्माछाने मगर (नन्दु) लाई जनही २५ हजार सहित लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो ।

कार्यक्रममा नेपालको पहिलो फिल्म आमाका तीन अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भुषाल र चैत्यदेवि सिंहलाई स्वर्णिम सम्मान प्रदान गरियो । प्रोत्सान सम्मान चाँहि छक्का पञ्जाबाट डेब्यू गरेकी निर्देशक दीपाश्री निरौलालाई प्रदान गरियो । विशेष सम्मान चाँहि कलाकारितामा रहेर पनि ठूलो समाज सेवा गरेर फिल्म उद्योगको समेत ईज्जत बनाएको भन्दै धुर्मुस् सुन्तलीलाई प्रदान गरियो ।यसैगरी मध्यपूर्वमा नेपाली फिल्महरुको बजार खोजी खोजी बजार विस्तार गर्न सहयोग गरेको कम्पनी कन्सेप्ट भिजन फिल्मस् प्रोडक्सन एण्ड र डिष्टीब्यूस्न कम्पनीका सालिक सुबेदी, राजन अधिकारी र अनिश सिंह ठकुरीलाई  पनि नेफ्टाले विशेष सम्मानले सम्मान गरेको छ ।

यस पटकको नेफ्टा अवार्डलाई मुख्य आयोजक चलचित्र प्राविधिक संघ, स्पेक्ट्रम एडभरटाईजिङ एण्ड मिडिया कन्सल्टेन्ट प्रा.लि.  र कन्सेप्ट भिजन फिल्म प्रोडक्सन एण्ड डिष्ट्रीब्युटर्स प्रा.लि.  ले संयूक्त रुपमा मिलेर अयोजना गरेका हुन । 

विजेताहरुको नामावली यसप्रकार छः
उत्कृष्ट फिल्मः (पशुपतिप्रसाद)
उत्कृष्ट निर्देशकः उज्जल घिमिरे (वडा नम्बर ६)
उत्कृष्ट कथाः रामबाबु गुरुङ, उपेन्द्र सुब्बा (कबड् कबड्डी)
उत्कृष्ट पटकथाः सुवर्ण थापा (फन्को)
उत्कृष्ट संवादः खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
उत्कृष्ट अभिनेताः दयाहाङ राई, ‘कबड्डी कबड्डी)
उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ (क्लासिक)
उत्कृष्ट छायाँकारः पुरुषोत्तम प्रधान, (नाई नभन्नु ल ४)
उत्कृष्ट सम्पादनः विपिन मल्ल, (फन्को)
उत्कृष्ट सह अभिनेताः प्रकाश घिमिरे (पशुपतिप्रसाद)
उत्कृष्ट सह अभिनेत्रीः निश्मा घिमिरे (जन्मभूमी)
उत्कृष्ट संगीतकारः अर्जुन पोखरेल (प्रेमगीत
उत्कृष्ट कोरियोग्राफरः रेनशा वान्तवा राई (प्रेमगीत)
उत्कृष्ट गीतः डा. कृष्णहरी बराल (नाई नभन्नु ल ४)
उत्कृष्ट गायकः सुगम पोखरेल (प्रेमगीत)
उत्कृष्ट गायिकाः अञ्जु पन्त (प्रेमगीत)
हाँस्य कलाकारः विल्सन विक्रम राई (अधकट्टी)
खलपात्रः  विपिन कार्की (पशुपतिप्रसाद)
नव अभिनेत्रीः साम्राज्ञी राज्यलक्ष्मी शाह (ड्रिम्स)
नव अभिनेताः पल शाह (नाई नभन्नु ल ४)
आदिवासी फिल्मः ‘तिमी नभए’
पार्श्व संगीतः सुजिल कर्माचार्य (फन्को)
ध्वनी मिश्रणः उत्तम न्यौपाने (धौली)
एरेञ्जरः राजन ईशान्त (वडा नम्बर ६)
द्वन्द्व निर्देशकः हिमाल केसी (भैरव)
कला निर्देशनः पासाङ टी शेर्पा (वडा नम्बर ६)
भेषभुषाः युवी थापा, योगिता पुनः (प्रेमगीत)
श्रृङ्गारः दिपु पौडेल (को आफ्नो)
पपुलर अभिनेताः अनमोल केसी (ड्रिम्स)
पपुलर अभिनेत्रीः पूजा शर्मा (प्रेमगीत)
पपुलर फिल्मः (ड्रिम्स)