‘लुट २’ को ट्रेलर सार्वजनिक


बिहिबार दिउँसो राजधानीमा एक कार्यक्रम गर्दै लुट २’ को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा लुटका सबैजसो कलाकार दोहोरिएका छन्। सौगात मल्ल, दयाहाङ राई, प्रवीण खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपाने, सिर्जना सुब्बा, ऋचा शर्माका अलावा छड्के, पशुपतिप्रसाद, जात्राजस्ता फिल्मबाट अभिनयको कमाल देखाइसकेका विपिन कार्की लुट २ का नयाँ पात्र हुन्।
ठमेल बजारमा नाचेकी एलिसा राईले अभिनय पनि गरेकी छन्।लुटका निर्माता माधव वाग्ले नै सिक्वेलका निर्माता हुन् भने निश्चल बस्नेत निर्देशक हुन्। फिल्म फागुन १३ गते रिलिज हुनेछ।