एनआरएन स्पेनको नियमित बैठकका निर्णयहरु


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको जनवरी महिनाको नियमित बैठक संघको अध्यक्ष श्री मुक्त बहादुर गुरुङ ज्युको अध्यक्षतामा संघको कार्यालयमा बस्दै निम्न प्रस्ताब उपर छलफल पश्चात निर्णयका साथ् सम्पन्न भयो ।
स्पेनबासी नेपालीहरुले परिवार पुनर्मिलन लगायतका बिभिन्न प्रक्रियाको लागी निबेदन जाहेर गर्ने दिल्ली स्थित स्पेनिश दुताबाशमा हालसालै भएको नियम परिवर्तन पश्चात समयमै आफ्ना कागजात जम्मा गर्ने समय प्राप्त हुन नसकेको र उक्त समय ५-६ महिना ढिला गरि प्राप्त हुने गरेको कारण दिल्ली स्थित स्पेनिश दुताबास लाइ पत्र मार्फत निबेदन जाहेर गर्ने लगायतका समय यथासम्भंब चाडो मिलाउन अनुरोध गर्ने र यस सम्बन्धी प्रक्रियाको लागी पेरिस स्थित नेपाली दुताबाशलाइ पनि प्रक्रियागत ढंगबाट समस्या सुल्झाउन अनुरोध गर्ने निर्णय गरियो । 

यसै गरी एन आर एन ए स्पेनले जारि गर्ने पंजीकृत सदस्यताको परिचय पत्र वितरणको लागी सम्पूर्ण प्रक्रिया पुरा गर्दै वितरण गर्न को लागी महासचिब उमेश अधिकारीको संयोजकत्वमा सुनिल रानाभाट, राम प्रसाद सापकोटा बिराज, सुबाश रानाभाट, र दिपक क्षेत्री रहने गरी समिति निर्माण गरियो । 

संघको कार्यालय लाइ दिर्घकालिन रुपमा ब्यबस्थापन गर्ने उदेश्यले स्थापना गरिएको कार्यालय ब्यबस्थापन समिति मार्फत यस कार्यालय लाइ नियमित रुपमा संचालनमा ल्याउदै स्पेनबासी नेपाली हरुको समस्या समाधानमा सहयोग गर्न अत्याबश्यक ठहर गर्दै इच्छुक स्पेनबासी नेपाली हरुबाट कार्यालय ब्यबस्थापनको लागि यथासक्य सहयोग गर्न यस बैठकले सम्पूर्ण स्पेनबासी नेपाली हरुलाई आग्रह गर्दै यस ब्यबस्थापन कार्यलाई अगाडी बढाइएको जानकारी गराउदै हालसम्म सहयोग दाता हरु निम्ननुसार रहनु भएको जानकारी बैठकलाई गराइयो ।
मुक्त बहादुर गुरुङ
राजु समशेर थापा
गौतम गुरुङ
बिनिता रेग्मी खनाल
उमेश प्रसाद अधिकारी
राम प्रसाद सापकोटा बिराज
दावा ऋषि श्रेष्ठ
राज ढकाल
तुलसी सिवाकोटी
दिपक खरेल
सरला सापकोटा
बिष्णु रानाभाट
सुवाष थापा मगर
सन्तोषी श्रेष्ठ
बैठकको अर्को महत्वपूर्ण प्रस्ताबमा गैर आवासीय नेपाली संघ स्पेनका निवर्तमान अध्यक्ष तथा बर्तमान आइ सी सी सदस्य श्री एकराज गिरी ज्यु नेपाल सरकारको तर्फ बाट आगामी २ बर्षको लागी नेपाल पर्यटन बोर्ड मार्फत म्याड्रिड लगायत स्पेनका लागी (एकराज गिरी ज्युका अनुसार) पर्यटन दुत नियुक्त गरेकोमा वहालाइ हार्दिक बधाइका साथ् सफल कार्यकालको शुभकामना ब्यक्त गरियो।
शुभकामना ब्यक्त गर्ने क्रममै संघका सदस्य श्री तुलसी सिवाकोटी ज्यु अन्तराष्ट्रिय कलाकार मंच यूरोपको प्रवक्तामा मनोनित हुनुभएकोमा वहालाई हार्दिक बधाई साथै कार्यकालको शुभकामना ब्यक्त गरियो ।
त्यसैगरी संघका प्रवक्ता श्री सुबाश रानाभाट ज्यु हालसालै बैबाहिक बन्धनमा बाधीनु भएकोमा वहाको सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दै बैठकको समापन गरियो ।

उमेश अधिकारी 
महासचिब 
एन आर एन ए स्पेन