लाप्राक बस्ती निर्माणमा सहकार्य बढाउँन अध्यक्ष घलेको ब्यस्तता


काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा. गोबिन्द पोखरेल संग भेट गरी लाप्राक नमूना बस्ती निर्माण सम्बन्धि भएका उपलब्धी तथा गतिरोधहरु बारे अवगत गराउनु भयो ।

अध्यक्ष घलेले लाभग्राहिहरु माझ सामूहिक हितका लागि सहकार्य गर्न तथा श्रमदान दिन हिचकिचावट देखिन थालेकोमा चिन्ता व्यक्त गर्दै लाभग्राहिहरु मध्य केहिले मात्र आÏनो स्वार्थ अनुसार समस्त लाभग्राहिहरुलाई भ्रमित पारेको महशुस भएकोले प्रतेक लाभग्राहिहरुसंग व्यक्तिगत सम्झौता गर्दै यस किसिमको भ्रमलाई चिर्न पर्ने बिचार व्यक्त गर्नु भयो । उहा“ले निर्माण कार्य पूर्ण रुपमा थालनी नभइसेकोले लाभग्राहिहरुको यस्तै प्रकारको वाधा व्यवधान हुने हो भने निर्माण परियोजना अन्तै लान सकिने जानकारी समेत दिनु भयो ।

प्रति उत्तरमा डा. पोखरेलले यो परियोजना अत्यन्तै महत्वपूर्ण हुनुका साथै नमूना परियोजनाका रुपमा हेरिएकोले यसलाई सफल पार्न हामी सबैको दायित्व भएको औंलाउ“दै प्राधिकरणको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहा“ले संघलाई छिटो भन्दा छिटो यो काम सम्पन्न गर्न के कस्ता सहयोग चाहिन्छ त्यसको व्यस्था गर्न प्रधिकरण कटिवद्ध रहेको समेत वताउनु भयो ।

एनआरएनए अध्यक्ष र प्रधान सेनापति बीच भेटवार्ता

संघका अध्यक्ष घले र नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र वहादुर क्षेत्रि बीच भेटवार्ता भयो र सो अवसरमा अध्यक्ष घलेले संघको अघुवाईमा निर्माण हुन लागेको लाप्राक नमूना बस्तीको अवधारण र यसको राष्ट्रिय महत्व तथा पुनर्निर्माणमा यसले पुराउन सक्ने योगदान बारे प्रधान सेनापतिलाई अवगत गराउनु भयो ।

उहा“ले यस निर्माण कार्यको लागि लाभग्राहिहरु तथा स्वयंमसेवकहरु परिचालन गर्ने योजना रहेको जानकारी गराउ“दै लाभग्राहि तथा स्वयंमसेवक परिचालनको अवधारणामा मात्र यस्तो महत्वको परियोजना सफल कार्यान्वयनमा पुराउने योजना राख्नु आफैंमा एक महत्वका¨क्षा देखिएकोले एक परिपक्क तथा अनुशासित जनशक्तिको आवश्यक रहेको औंलाउनु भयो ।

Screen Shot 2017-01-31 at 19.28.47
सो अवसर यस्तो राष्ट्रिय महत्वको परियोजनामा संघसंग नेपाली सेना सहकार्य गर्न इच्छुक रहेको र यस परियोजनाको सफल कार्यान्वय गर्न गराउन नेपाली सेना तयार रहेको जानकारी गराउ“नु भयो । उहा“ले हालै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा नेपाली सेनाले पूर्वका केहि जिल्लाहरु ओखलढु¨ा, रामेछाप र सिन्धुलीमा पुनर्निमाण सम्बन्धि तालिमको व्यवस्था गरिहेको अवगत गराउ“दै नेपाली सेनाले संघलाई पुनर्निमाणको लागि आवश्यक दक्ष तथा अदक्ष जनशक्तिको व्यवस्था गर्न तयार रहेको वताउनु भयो ।

प्रतिउत्तरमा अध्यक्ष घलेले नेपाली सेनाको उच्चत्म नेतृत्ववाट यस प्रकारको सहयोगको प्रतिवद्धताले यस कार्यको सफल कार्यान्वयनको सुनिश्चित्ता भएको यसले आफू तथा यस कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगकर्ताको हौसला बढेको वताउ“दै नेपाली सेनाको सम्पूर्ण परिवार प्रति आभार प्रकट गर्नु भयो ।

एनआरएनए अध्यक्ष र शस्सत्र प्रहरी बलका महानिरक्षक बीच भेटवार्ता,

संघका अध्यक्ष डा. शेष घले तथा शस्सत्र प्रहरी बलका महानिरक्षक बीच लाप्राक बस्ती निर्माणमा दुई संस्थाहरु बीच गर्न सकिने समन्वय र सहकार्यहरुका बारेमा छलफल भयो । अध्यक्ष घलेले संघले निर्माण गर्न लागेको लाप्राक नमूना बस्ती सम्बन्धमा जानकारी गराउ“दै यसका अवसर तथा चुनौतीहरुका बारेमा महानिरक्षक दु्रज कुमार राईलाई अवगत गराउनु भयो ।Screen Shot 2017-01-31 at 19.28.40महानिरक्षक राईले शस्सत्र प्रहरी बलको तर्फबाट यस कार्यको लागि सफलताको कमना गर्दै यस कार्यमा समर्पित सम्पूण कार्मठ तथा दानवीरहरु प्रति हृदय देखिनै आभार प्रकट गर्दछु भन्नु भयो । उहा“ले चहा“दाचहा“दै पनि शस्सत्र प्रहरी बलसंग यस परियोजनाको लागि सहयोग गर्न प्रयाप्त जनशक्ती नभएकोले चहेजतिको सहयोग गर्न नसकिएता पनि बीस दक्ष तथा बीस अदक्ष जनशक्ती उपलब्ध गराउने प्रतिवद्धता व्यक्त जनाउनु भयो । सहयोगको लागि संघका अध्यक्ष घलेले धन्यवाद व्यक्त गर्नु भयो ।