एनआरएनको अफिस यसरी बन्दैछ,प्रतिबद्धता रकम जम्मा गर्न आग्रह


काठमाडौं । गैरआवासीय नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) काठमाडौंमा केन्द्रीय कार्यालय निर्माण कार्यले तीव्रता पाएको छ । र, आगामी सात महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।बालुवाटारमा भइरहेको निर्माण कार्यमा दैनिक ५० बढी मजदुर जुटिरहेका छन् । केही दिनमा पहिलो तलाको ढलान सम्पन्न हुनेछ ।

बालुवाटारस्थित सभामुख निवासको सम्मुखमा ३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको संघको केन्द्रीय कार्यालय भवनको लागत करिव २५ करोड रुपैयाँ हुनेछ ।16406642_1251770331583203_7300221338813382590_n

अध्यक्ष शेष घलेले रकम संकलन अभियानका क्रममा प्रतिबद्धता जनाएका सवैलाई रकम तत्कालै गैरआवासीय नेपाली संघको खातामा जम्मा गरिदिन आग्रह गरेका छन् । ‘अझै करिव १० करोड रुपैयाँ भवन निर्माणका लागि अपुग हुने देखिएको छ’ घलेले भने, ‘सहयोगको प्रतिबद्धता जनाएका दाताहरुले तत्कालै रकम भुक्तानी गरिदिए मात्र तोकिएको समयमा भवन निर्माण पुरा हुनेछ ।’

NRNA-Head-Office

पहिलो कार्यकालमा भवन निर्माणलाई अभियाना रुपमा सञ्चालन गर्न घले करिव ४७ वटा मुलुकमा पुगेका थिए । ‘विश्वभर रहेका गैरआवासीय नेपालीहरुको एकता र भावनाको प्रतिकका रुपमा हाम्रो मुख्यालय रहने छ’ अध्यक्ष घलेले भने, ‘हाम्रो सपना साकार हुन अब केही महिनामात्र बाँकी छ, अब गैरआवासीय नेपालीहरुको निर्णायक सहयोग जरुरी छ ।’

राष्ट्रिय समन्वय परिषद् र क्षेत्रीय संयोजक एवं सहसंयोजकलाई प्रतिबद्धता जनाइएको रकम जम्मा गर्ने कार्यमा खटिन पनि उनले आग्रह गरेका छन् ।16265947_1251770288249874_8263483585969590724_nएनआरएनएको हेडक्वाटर निर्माणमा नेपाली काष्ठकला र आधुनिक प्रविधिको मिश्रण हुनेछ । भवनको अगाडिको भागमा नेपाली काष्ठकला हुनेछ । चार तलाको यो भवनको भुइँतलामा सभामा हल हुनेछ । जसमा २०० जना अटाउनेछन् ।यस्तै बेसमेन्टमा पार्किङ हुने एनआरएनएले जनाएको छ ।58932219cdbf7 5893221c00249 5893221c1c5a6 5893221d81798