नेपाली पाठशाला बार्सिलोनाले मनायो, तेस्रो बार्षिकोत्सव (भिडियो सहित)


बार्सिलोना/ नेपाली पाठशाला बार्सिलोनाले आफ्नो तेस्रो बार्षिकोत्सव मनाएको छ। विदेशमा पनि नेपाली भाषा पढ्न र लेख्न सिकाउँदै आएको पाठशाला स्पेन स्थित नेपाली समुदाय माँझ बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो। शनिबार बार्सिलोनामा आयोजित कार्यक्रममा पाठशालामा अध्ययनरत बिद्यार्थीहरु,अभिभावक तथा स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। समारोह बीच बालबालिकाहरुले सरस्वतीको पूजा आराधाना समेत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले बालबालिकाहरुलाई नेपाली भाषा पढ्न र लेख्न सिकाउँनका लागि पाठशाला संचालक समितिले गरेको प्रयास स्मरण योग्य रहेको बताए।  उनले भने,”एनआरएन स्पेनको कार्यालयमा नै पाठशाला राख्न पाउँदा हामी सबै खुशी छौ। अब पाठशालाको निरन्तरताको लागि पनि संघले आफ्नो कार्यालयलाई दिर्घकालिन बनाउँन सक्नु पर्छ यसैका लागि पहल गरिरहेका छौ।

पाठशाला संयोजक सरला सापकोटाले बिगतमा नेपाली कक्षा सुरु गर्दाका क्षणहरुलाई स्मरण गर्दै संस्थापक सदस्यहरुलाई धन्यबाद सहित सम्झना गरिन्। यस्तै संयोजक सापकोटाले एनआरएनको कार्यालयमा कक्षा संचालन गरिए बापत संघलाई अब बार्षिक रुपमा ८ सय ४० युरो सहयोग गर्ने घोषणा गरिन्। यस अघि पाठशालाले कक्षा संचालन गरे बापत एनआरएनलाई बार्षिक ४ सय ८० युरो सहयोग गर्दै आएको थियो। एनआरएनको कार्यालय संचालनका लागि मासिक रुपमा करिव ५ सय युरो खर्च लाग्ने हुँदा पाठशालाले समेत सहयोग गर्दै आएको हो।

कार्यक्रममा स्पेनका लागि पर्यटन दूत दीपक खरेल,नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रे,नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष गंगा प्रसाद भुसाल,प्रबासी नेपाली मञ्च स्पेनका सचिव हेम प्रसाद पाण्डे,तमु समाज स्पेनकी अध्यक्ष ज्योति गुरुङ,मगर संघ स्पेनकका अध्यक्ष बुद्द मिलन थापा,पुर्बेली नेपाली एकता समाजका अध्यक्ष पुरुषोत्तम भट्टराई,नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाट,नेवारी समाज स्पेनका सल्लाहकार सन्तोष श्रेष्ठ,एनआरएन स्पेनकी उपाध्यक्ष जानुका रेग्मी खनाल,महिला संयोजक सिता सिंह,चितवन समाज स्पेनका कोषाध्यक्ष भोजराज सापकोटा लगायतले शुभकामना ब्यक्त गरेका थिए।

16523629_1429598173741005_1003048686_o

समारोहमा बालबालिकाहरु तथा अतिथिलाई नेपाली पाठशाला बार्सिलोना लेखिएका टिसर्टहरु उपहार प्रदान गरिएको थियो। उपस्थित सहभागीहरुले पाठशालाका लागि सहयोग रकमको प्रतिबद्दता समेत ब्यक्त गरे। बालबालिकाहरुले बिभिन्न प्रतिभाहरु प्रस्तुत गरिएको कार्यक्रमको संचालन अर्जुन आचार्य र शितल भुर्तेल भुसालले गरेका थिए।

कसरी सुरु भयो नेपाली पाठशाला बार्सिलोना ?

स्पेनको नेपाली समुदायमा एनआरएनले सन् २००९ मा नै नेपाली पाठशाला स्थापना गर्ने पहल गरे पनि नियमित कक्षा संचालन हुन सकेन । तर सन् २०१४ को जनवरी ४ तारिखमा आएर केहि महिला अभिभावकहरुको सक्रियतामा नेपाली पाठशाला बार्सिलोनाको स्थापना भयो । पाँच जना बालबालिकाहरुलाई घरमा नै पढाउँन सुरु गरेर स्थापना भएको पाठशालाले स्पेनको समुदायमा राम्रो छाँप छोड्न सफल भयो ।16522328_1429598073741015_1602727108_o

सन् २०१६ मा पाठशाला ब्यबस्थापन समिति नै गठन भई संचालित भए पछि यसले झनै ठुलो आकार लिदै गएको छ । उमेर र स्तर अनुसार फरक तीन कक्षामा हाल ३० जना नेपाली बालबालिकाहरुले नेपाली भाषा सिक्दै आएका छन् । नेपाली पाठशाला बार्सिलोनाले आफ्नो स्थापनाको तेस्रो बर्ष पुरा गरेको छ।

16466643_1429597997074356_844638322_o16466597_1429596573741165_1141329867_o16522420_1429597400407749_599606384_o