‘कहाँ पुंगे म’ कसरी पुंगे म’ भन्दै गायिका राधी क्षेत्री (म्यूजिक भिडियो)


९, फेब्रुअरी, करिव २ दशक देखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका राधी क्षेत्रीको नयाँ गीत ‘कहाँ पुंगे म’ सार्वजनिक भएको छ। राधी सँगै गायक उदेश श्रेष्ठको स्वरमा सजिएको नयाँ गीत ‘कहाँ पुंगे म’ गायिका क्षेत्रीको आफ्नै शब्द रचना हो भने गीतमा संगीत तथा एरेन्ज राहुल प्रधानको रहेको छ। गीतको म्यूजिक भिडियो हाईलाईट्स नेपालले आफ्नो यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सञ्चारकर्मी भुषण दाहालले निर्देशन गरेको भिडियोलाई धिरज जंग शाहले खिचेका छन् भने भरत रेग्मीले सम्पादन गरेका छन् । प्रेम भावमा रहेको मेलोडियस गीतको म्यूजिक भिडियोमा मोडल द्वय दिप्रसन र नम्रताले अभिनय गरेका छन।

लामो समय देखि ईटलीमा बसोबास गर्दै आएकी गायिका क्षेत्री अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबलकी कोषाध्यक्ष तथा इनास ईटलीकी संरक्षक समेत रहेकी छन। गायिका क्षेत्रीले  इनास मार्फ़त नेपाली गीत संगीत तथा कला संस्कृतिको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन।