संरक्षण कविता आन्दोलन युरोपको, तेश्रो कार्यक्रम सम्पन्न


आन्त्रोपेन/  “सरक्षण कविता आन्दोलन युरोपको तेश्रो कार्यक्रम सम्पन्न भएको छ।  बेल्जियमको एन्तोर्पेनमा आईतबार काव्य गोष्ठी र काव्य वहस सहित कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथी एनआरएनका केन्द्रीय सचिव अर्जुन श्रेष्ठले बेल्जियममा आन्दोलनको प्रभाववारे प्रकाश पारेका थिए भने आन्दोलनका संयोजक दीपेन्द्र के.सीले आन्दोलनबारे चर्चा गरेका थिए । 
 
कार्यक्रमको पहिलो शत्रमा स्रष्टाहरु शँकर बजगाई, जगदीश सापकोटा, युवराज गुरुङ, जमुना गेरै बास्तोला, मोहन खत्री, परमानन्द सापकोटा, बिमल गिरी, खडक के.सी, सौरव कारञ्जित, बिष्णु सापकोटा, अर्जुन श्रेष्ठ, दीपेन्द्र के.सीले आफना कविता, गजल तथा मुक्तकहरु प्रस्तुत गरे।  दोश्रो चरणमा आन्दोलनको समीक्षा सहित काव्य वहस चलाइएको थियो ।
वाचित रचनाहरुबारे बिमल गिरीले टिप्पणी गरेका थिए ।
दोश्रो सत्रमा उल्लेखित स्रष्टा सहित जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास जोशी, व्यवसायी संघका अध्यक्ष सी.पी भट्ट, बागलुङ समाज बेल्जियमका अध्यक्ष गँगा शर्मा, अनेसास बेल्जियमका महासचिव परमानन्द सापकोटाले भाग लिए। कार्यक्रमको संचालन तथा सहजीकरण आन्दोलनका सदस्य सचिव बिष्णु सापकोटाले गरेका थिए ।