एनआरएनए स्पेनको नियमित बैठकका निर्णयहरु (बिज्ञप्ति)


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको फेब्रुअरी महिनाको नियमित बैठक संघको अध्यक्ष श्री मुक्त बहादुर गुरुङ ज्यु को अध्यक्षतामा १३ फेब्रुवरी २०१७ का दिन संघको कार्यालयमा सम्पन्न भयो ।

बैठकमा  संघको पंजीकृत सदस्यता वितरणलाई  प्रभावकारी रुपमा अगाडी बढाउदै पंजीकृत परिचय पत्र वितरण गर्नको लागी आवश्यक सम्पूर्ण प्रक्रिया सुरु गरिएको जानकारी संयोजक उमेश प्रसाद अधिकारीले जानकारी गराउनु भयो ।

अर्को महत्वपुर्ण प्रस्ताब उपर निर्णय गर्दै संघले पाइस् बास्को क्षेत्र बाट केन्द्रिय सचिवको रुपमा श्री तुलसी गुरुङलाई तत्काल देखि लागु हुने गरि नियुक्त गर्दै त्यस क्षेत्रमा रहने सम्पूर्ण संघ संस्था तथा नेपाली  समुदाय हरु बीच समन्वयात्मक भूमिका निर्वाह गर्दै संघको बिधान अनुरुप रही संघका मूल्य मान्यतालाई समाजमा प्रतिस्थापित गराउन निर्देशन सहित पत्राचार गर्ने निर्णय भयो ।

यसै गरी  हरेक बर्ष झैँ यस बर्ष पनि गैर आवासीय नेपाली संघ स्पेनले नेपालको पर्यटन प्रबर्दन गर्ने उदेश्यले नेपाली  कन्सुलर लुइस बेल्विस लगायत स्पेनिस संघ संस्था संग आवश्यक प्रक्रिया शुरु गरिएको जानकारी अध्यक्ष ले बैठकलाई जानकारी गराउदै यस पटक दुई  वा दुई भन्दा बढी स्थानमा पर्यटन प्रबर्दन गर्ने खालका सामग्री लगायतका कुराहरु साथ प्रस्तुती गर्ने निर्णय गरियो ।

संघका संस्थापक सदस्य एबं समाजसेवी श्री चिन्तामणि सापकोटा ज्यु बार्सिलोनाको लागि नेपालको पर्यटन दुत नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरियो।  यस्तै स्पेनमा सिप मुलक तालिम संचालन गर्नको लागि गैर आवासीय नेपाली संघले सवारी चालक अनुमती पत्रको लिखित अभ्यास कक्षा संचालन गर्ने निर्णय गर्दै,बार्सिलोनामा प्रतिष्ठित इस्टिच्युटबाट अध्यापन गराई रहनु भएका नेपाली शिक्षक द्वारा अध्यापन गराइने निर्णय भयो।  साथै तालिमका लागी इच्छुक स्पेनबासी नेपाली  समुदायमा भर्ना आवेदनको गैर आबासीय नेपाली संघको कार्यलयमा सम्पर्क गर्नको लागी यसै बिज्ञप्ति मार्फत जानकारी गराईन्छ।

उमेश अधिकारी  
महासचिब
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद,स्पेन