युरोपमा बहस:-दूताबास कता, स्पेनमा कि पोर्चुगल तिर ?


-वाई वी गुरुङ /पोर्चुगल

बहु चर्चित तथा बहु प्रतिक्षित नेपाली दूतावास स्थापनाका लागि पोर्चुगल तथा स्पेन दुवै दाबेदार रहेका छन् । यी दुई देश बीच र नेपालको सम्बन्ध निक्कै पुरानो छ पोर्चुगल भन्दा करिव ७० वर्ष पहिले नेपाल तथा स्पेनको कुटनैतिक सम्बन्ध (१३ मे १९६८ ) मा कायम भएको पाईन्छ भने पोर्चुगल तथा नेपाल बिचको सम्बन्ध १ सेप्टेम्बर १९७६ मा कायम भएको बुझिन्छ।

यी दुई देश र नेपाल बिचको सम्बन्धमा धेरै फरक नभएता पनि केहि उल्लेख गर्नु पर्ने फरकहरु छन्। जस्तो स्पेन र नेपाल बीचको कुटनैतिक सम्बन्ध स्थापना भए पछि ब्यापारिक तथा पर्यटकिय क्षेत्रमा सुधारात्मक सम्बन्ध बढाईयो तर पोर्चुगलको हकमा भने त्यसो गरिएन ।

स्पेन भौगोलिक हिसाबले र आर्थिक हिसाबले पोर्चुगल भन्दा माथि रहेको र स्पेनले पोर्चुगल माथि सधै आन्तरिक दबाब स्वरुप आफ्नो बशमा राख्ने गरेका एक कारण हो भने अर्को मुख्य कारण भनेको तत्कालिन नेपाल सरकार ( पंचायत र राजा ) पनि स्पेनको दबाबमा परेर पोर्चुगलसँग  गरिएको सम्बन्धलाई वेवास्ता गरेका कारण ३८ बर्ष पुरानो सम्बन्ध पुनःस्थापित गर्न नसक्नु हो। अर्को तर्फ  पछिल्लो राजनैतिक परिवर्तनका सरकार तथा नेपालको बैदेशिक नीति प्रस्ट नहुनु र फितलो हुनुले पनि नेपाल तथा पोर्चुगलको कुटनैतिक सम्बन्ध कुहिरोको काग बनेको हो ।

सन् १९९४ देखिको इतिहास छ,पोर्चुगलमा नेपालीहरु बस्न थालेको त्यो पनि रोजगारीका लागि, त्यो भन्दा पहिले कुनै पनि नेपालको सरकारी उच्चअधिकारीहरु पोर्चुगलको औपचारिक भ्रमण गरेको रेकर्ड छैन । नेपालीहरु बिभिन्न रोजगारीका लागि पोर्चुगललाई गन्तब्य मानेर भित्रिने क्रम पछिल्लो १० बर्षमा करिव २० हजारको संख्यामा पुगेको छ भने यो तुलनामा स्पेनमा नेपालीहरुको संख्या कम पाईन्छ।

पछिल्लो समय पोर्चुगलमा नेपालीहरुको संख्यामा उल्लेख्य मात्रामा आगमन बढे सँगै बिभिन्न सरकारी कामहरुको चाप पनि बढेको छ भने लिस्बोन स्तिथ रहेको अवैतनिक बणिज्यदुतको कार्यालयले सबै मागहरु सम्बोधन गर्न सकेको छैन।नेपाली श्रमिकहरुको श्रम शोषण,मानव अधिकारहननका कानुनि उपचार जस्ता गम्भीर प्रकृतिका घटनाहरु फ्रान्सको पेरिस स्थित रहेको नेपाली दुतावासमा पुग्ने गरेका छन् तर सम्बोधन हुन सक्दैन।

स्पेनमा पनि नेपालीहरुको समस्या छन् नै परिबार पुनर्मिलनको प्रक्रियामा दिल्लीमा नेपालीहरुले भोग्नु पर्ने लगायत अन्य कागाजी समस्याहरु उस्तै छन्। एनआरएनए पोर्चुगलले बिगत २ बर्ष देखि पोर्चुगलमा नेपाली दुतावास वा अधिकार सहितको श्रम सहचारीको ब्यबस्था गर्दिनु पर्यो भनि नेपालका उच्च स्तरका सरकारी अधिकारी लगायत बिभिन्न राजनैतिक दलका उच्चस्तरका नेताहरुलाई ज्ञापन पत्र बुझाउने संगै मौखिक अनुरोध गर्दै आइरहेको छ भने एनआरएनए स्पेनले बिगत एक दशक देखि नै दूताबासको माग गर्दै आएको छ।

सम्बन्ध भनेको जति नजिक बनायो उति चासो र चिन्ता अनि माया बढ्ने चिज पो हो त् ,वेवास्ता गर्ने, फाइदा र बेफाइदाका कुरा (हो कुटनीतिक सम्बन्ध भित्र आन्तरिक स्वार्थ पनि हुनु पर्छ तर आन्तरिक स्वार्थ पनि सकारात्मक देश र जनताका लागि हुनु पर्दछ यो मानेमा कटिबद्द हुनु आबश्यक भने छ) गरेर भएको सम्बन्ध बिगार्नु,भुल्नु भनेको अबश्य राम्रो कुरा होइन ।

पछिल्लो समय पोर्चुगल र स्पेन बीच यहि विषयका लागि निक्कै रस्सा कस्सि चलेको छ । दूताबास आफ्नो देशमा स्थापना गराउनु पर्छ भन्दै यी दुई देशका एनआरएनए,पदाधिकारीहरु नेपालका राजनीतिक दलका नेता देखि सरकारी अधिकारीहरु समक्ष अनुरोध गरिरहेका छन्।

जसले गर्दा नेपाल सरकार तथा राजनीतक दलका नेताहरु बीच घनिभूत छलफलको बिषय बनेको कुरा केहि दिन अघि युरोप भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा,प्रकाश शरण महतले एनआरएनए,बेल्जियमले आयोजना गरेको स्वागत कार्यक्रममा व्यक्त गरेको अभिव्यक्ति बाट प्रस्ट हुन्छ। तर सरकारले कुन देशमा राख्ने भन्ने बिषयमा निर्णय गर्न सकेको छैन।

कारण नेपालको बैदेशिक नीतिमा एकरुपता बनाउन नसक्नु एक कारण हो भने अर्को कारण दलिय भागबन्डाका आधारमा मन्त्रालय र कार्यभार जिम्मेवार दिने गलत परिपाटिको बिकास त्यसमाथि राजनीतिक हस्तक्षप् जस्ता कारणहरुले गर्दा कुनै पनि राष्ट्रिय एकता र आबश्यकताको बिषयहरुमा व्यक्तिगत र पार्टिगत जस अपजस लिनु पर्छ भन्ने गलत परम्पराले गर्दा प्रमुख मुद्दाहरु ओझेलमा परेका धेरै दृष्टान्तहरु हामी सामु छन्। जसको उदाहरण पोर्चुगल तथा स्पेनमा राजदूतावास स्थापनालाई पनि लिन सकिन्छ ।

फेरी एक पार्टी भित्र पनि अनेक गुट उपगुट छन् यस्ता गलत परिपाटीको शिकार बनेका नेपाल सरकारका सचिव तथा उपसचिव र मन्त्रीहरु बिचको आपसी सम्बन्ध जस्ता व्यक्तिगत इगोका कारणहरुले गर्दा पनि ढिलाई हुने गरेको छ निर्णयमा पुग्नलाई ।

मन्त्री वा प्रधानमन्त्री भनेका सिंगो देश र जनताका प्रतिनिधि हुन् भन्ने भावनाको विकास हुन् नसक्नु अर्को बिडम्बना हो नेपाली राजनीतिको जसले गर्दा मन्त्री वा प्रधानमन्त्री कांग्रेसको,कम्युनिस्टको,हाम्रो पार्टीको मन्त्री,उसको पार्टिको मन्त्री नभनी हाम्रै लागि हो,नेपाली जनताका हो र नेपालको हो भन्ने भावना कहिले पलाउने हो नेपालीहरुमा ?

“बेल्जियम भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा,प्रकाश शरण महतले भने जस्तो “पदमा नहुदा हुन्छ,गर्छु,भन्छु भन्न सजिलो तर पदमा बसे पछि गाह्रो हुने रहेछ”भने जस्तो दुई जिब्रे कुरा गर्दा नेतृत्वमा रहेका र पुगेकाहरुसँग  जनताको नेताप्रति वितृष्णा जाग्नु स्वाभाविक हो भने ” निर्णय भै सके पछि मात्र” भन्छु भन्ने दोधारे कुरा गरेर आफ्नो बचाउ गर्दै हिड्ने मन्त्रीको ब्यबहारको स्पेन र पोर्चुगलमा रहेका नेपालीहरुले कसरी मुल्यांकन गर्ने ? tapaikoawaaz@gmail.com