स्पेनमा दूताबास खोल्ने निर्णयको स्वागत गर्दै,घलेद्वारा खुशी ब्यक्त


बार्सिलोना/ गैर आबासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घलेले स्पेनमा नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णयको स्वागत गर्दै  खुशी ब्यक्त गरेका छन्।  करिव एक दशक अगाडी देखि स्पेनबासी नेपालीहरुको राख्दै आएको प्रमुख मागलाई सरकारले सम्बोधन गरे पछि अध्यक्ष घलेले खुशी ब्यक्त गरेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्पेनमा  दूतावास खोल्ने निर्णय गर्दै भरत रायमाझीलाई राजदूतमा सिफारिस गरेको छ।

स्पेनमा राजदूतावास स्थापनाको निर्णय गरेकोमा नेपाल सरकारलाई बिशेष धन्यबाद दिन चाहान्छु’ एनआरएन अध्यक्ष घलेले भने- दूतावास स्थापनाका लागि पहल गरिरहेका स्पेनबासी नेपालीको चाहना पुरा भएको छ।’

नेपालीहरुको धेरै बसोबास भएका देशहरुमा राजदूतावास तथा अन्य शहरहरुमा वाणिज्य दूतावास स्थापनाका लागि गैरआवासीय नेपाली संघले सरकारसंग माग गर्दै आएको जानकारी दिँदै अध्यक्ष घलेले अन्य देशका सम्बन्धमा गरिएको अाग्रह पनि अागामी दिनमा सम्बोधन हुने बिश्वास ब्यक्त गरे ।

साथै अध्यक्ष घलेले गैरआवासीय नेपाली संघका संस्थापक भीम उदास म्यानमारका लागि राजदूत नियुक्त हुनुभएकोमा बधाइ समेत दिएका छन् । संयुक्त राष्ट्रसंघका अवाकाशप्राप्त उच्च अधिकारी उदास गैरआवासीय नेपाली संघका संस्थापक अभियन्ता हुन् ।