विस्तार(कविता)


-कवि :हेमराज वाँस्तोला

सुनेथे
साम्राज्यको बिस्तार
उपनिवेशको दवाव,
रवाफमा थिएन
जवाफ।

प्रपन्च
यो बिस्तारको
कथा हो यो रहरको,
लहडको अनि होडको
शहरको, सडकको
अनि भीडको।

व्यापार
राजनितिको
ईश्या र जलनको,
अनि सपना कुर्सीको
बिस्तार जनसंख्याको
बिस्तार त्यो
सपनाको।

महलको,
चहलपहलको
सुनिदैन बिस्तार दु:खको
सुनिन्छ केबल बबन्डर र होडको
पैसाको अनि दवावको।
देख्दै छु आज:

आफ्नै
देशभित्रको बिस्तार
बिकासको सपनाको  बिस्तार
अनि बिस्तार हुन नसकेको
बिस्तार: विकासको
व्यवस्थापनको
शहर देखि नगरको
नगर देखि
महा- नगरको।

कस्तो
विस्तार हो यो
भूपी शेरचनले भनेजस्तो:
हल्लै हल्लाको।
एउटा साथीले भन्थ्यो
अमेरिकामा पानी पर्दा
नेपालमा
छाता ओडेको।