मोडलहरुको जमघटमा फेसन नाइट


राजाराम पौडेल,पोखरा- पोखराका मोडल तथा विभिन्न सुन्दरी प्रतियोगीताका विजेता एकैसाथ फेसन नाइटमा देखिए । दोस्रो संस्करणको भ्यालेन्टाइन ब्लाष्ट म्युजिकल फेसन नाइट २०१७ मा उनीहरु यसरी देखिएका हुन् । फेसन नाइटमा मिस गण्डकी ज्योती राई, मिस आर्डेन्ट अनुषा श्रेष्ठ, मिस भ्याली स्टार अस्मिता श्रेष्ठ, गोल्डेन आइडल रोहन जंग ¥यापमा देखिए । यसैगरी मिना, प्रतिक्षा, स्मिता, अनिष, रोनिषा, रन्जिता, पुजा, अलिसा, निस्मा, सुस्मिता, सुनित, सञ्जु, नान्सी, श्रेया, संगीता र जमुना ¥यापमा उत्रीएका थिए ।
fashion night

द न्यु विगनिङ व्याण्ड, आशिष एण्ड व्याण्डको लाइभ म्युजिक र सुमिन गुरुङ र आशिष सुवेदीको कमेडीमा दर्शकले मनोरञ्जन लिए । कार्यक्रमको थप आर्कषणमा नृत्य अनि विभिन्न परिकारको स्वाद रहेको थियो ।
एस टि क्रियशनको आयोजनामा पोखराको ओजन लाउञ्जबारमा आयोजित कार्यक्रम बेलुका ७ बजेबाट ११ बजेसम्म चलेको थियो ।
भ्यालेन्टाइन डे सकिएपछि आयोजना गरिएको कार्यक्रममा मायालु जोडी रमाए । कार्यक्रमको कोरियोग्राफर सुरज थापामगर र सञ्चालन इनिषा दुराले गरेकी थिइन् ।