केही मुक्तकहरू


-गोविन्द गिरी

नछोड भन्दा भन्दै झन छोडेर आयो

मग्नी गरेर कठ् ठै मन छोडेर आयो

हिजो My Nation My Heavenको सेमिनारमा आएको

आज शरणार्थिको निबेदन छोडेर आयो ।

यो मुक्तक मात्रै त हो , भन्ने भान नगरोस

बरु एक तिहार ,त्यो गुणगान नगरोस

बिन्ती अब कसैले पनि , ई देशद्रोहीहरुलाई

कुकुर भनेर कुकुरहरुको ,अपमान नगरोस ।

खै कुन साल कुन दिनमा आउछु थाहा छैन यार

कमाएरै आउछु कि ऋणमा आउछु थाहा छैन यार

गोबिनले बिर्सियो नभन्नू ,आउन त् पक्का आउछु

जिउदै आउछु कि कफिनमा आउछु थाहा छैन यार

हुन त माहोलमा आफ्नो राम्रै छाप् भएको रहेछ

तर चुनावमै उठ हामी छौ भन्ने गफगाफ भएको रहेछ

तपाईंलाई थाहा छ् ?येसपालि- एउटा असल पत्रकार

जिताउछु भन्नेकै षडयेन्त्रले पत्तासाफ भएको रहेछ ।

एक दिन हैन यस्तै घरि घरि भएर हो

प्रतियोगिता र नीणय मन परि भएर हो

तपाईं जेसुकै भन्नुस् तर ति दुई छानिनुमा

एउटा भट्टि पाट्नर अर्की सुन्दरी भएर हो ।

( वि.सं. २०६२/६३ को जनआन्दोलनमा सडक कविता आन्दोलनमा भाग लिएका मुक्तककार हाल जापानको शिन्जुकु रहेका छन।उनको जनआन्दोलन मुक्तक सँग्रह प्रकाशित छ।)