‘कुसुन्डा’जातिको ‘राजामामा’ले गरे तेस्रो जंगल फेस्टिभलको उद्घाटन


पोखरा- तेस्रो जंगल फेस्टिभल ‘कुसुन्डा’जातिको एक मात्र जिवित व्यक्ति ‘राजामामा’ले रिबन काटेर उद्घाटन गरेसँगै शुरु भएको छ । ‘जंगलथिम’दिएर पोखराको शान्तिवन वाटिकामा विहिबारदेखि शुरु भएको जंगल फेस्टिभलको उद्घाटन गर्दै राजामामाले फेस्टिभलको उद्घाटन गर्न पाउँदानिकै खुशीलागेको प्रतिक्रियादिए ।

‘पहिला म पनिजंगलकै बास बस्थेँ । जहाँ सुर्य अस्तायो त्यहिँ सुत्यो, अनि फेरि उज्यालो भएपछि जंगलचहा¥यो ।’ तेस्रो जंगल फेस्टिभलमा भेटिएका राजामामाले भने–‘अहिले भने मेरो जीवनशैली केहि मात्रामा फेरिएको छ । तनहुँमा बस्छु । मेरो जहान र एउटी छोरी छिन् ।मेरो जातिका अरुकोहि छैनन् ।’ जंगल फेस्टिभलको उद्घाटन गर्दा आफुलाई ‘मन्त्री’ जस्तै ठुलो मान्छे भएको अनुभव गरेको ‘राजामामा’ले बताए । यस्तो अवसर दिने आयोजक परिचय नेपाललाई पनिउनले धन्यबाद प्रकट गरे ।

तेस्रो जंगल फेस्टिभलको पहिलो दिनशान्तिवन वाटिकास्थित जंगलभित्रदर्शकहरुको उत्साहजनक सहभागिता रह्यो । र, शुक्रबारदेखि दर्शकको सँख्याअझै बाक्लिने आयोजकको विश्वास छ । ‘पहिलो दिनजतिदर्शक आए उनीहरुबाट निकै उत्कृष्ट प्रतिक्रियापाएका छौँ ।’ आयोजक परिचय नेपालकाअध्यक्ष सोभित बस्यालले भने–‘दोस्रो दिनदेखि लगातार केहि दिनबिदा परेको र आएकादर्शकको राम्रो माउथ पब्लिसिटिका कारणले जंगल फेस्टिभलमा दर्शकको सँख्यानिर्धारण गर्नेछ ।’ यो पटक जंगल फेस्टिभलमा करिब १ लाखदर्शकले सहभागिताजनाउने आयोजकले अनुमानलगाएको छ ।

पहिलो दिन फेस्टिभलमा कुसुन्डा जातिका एक मात्रव्यक्ति राजामामा र राउटेहरुको समूहदर्शकको विशेष आकर्षणमा प¥यो । राउटेहरुले विभिन्नगीतगाएर दर्शकलाई मनोरञ्जन दिएकाथिए । त्यो सँगै विभिन्नकलाकृतिले पनिदर्शकको ध्यानखिचेको देखिन्थ्यो ।बालबालिकाहरु यस्तो कलाकृतिमा बढि झुम्मिएका देखिन्थे । विभिन्नखाले जनावरको मुखुन्डो लाएर बालबालिका र उनीहरुकाअभिभावकजंगलचहारिरहेको देखिन्थे । फेस्टिभल ‘जंगलीजीवनशैली र जैविकविविधता’ सम्बन्धिअध्ययनगरिरहेका सोधकर्ताहरुले समेत जंगल फेस्टिभलमा सहभागिताजनाएको आयोजकले बताएको छ ।

फेस्टिभल अन्तरगतशुक्रबार विभिन्न रमाईलाकार्यक्रमहरु रहेको आयोजक परिचय नेपालले जानकारी दिएको छ । शुक्रबार पाल्पाका ‘स्नेकम्यान’ले सर्प नाच प्रस्तुतगर्नेछन् । त्यस्तै भारतकै चर्चित जादुगर सम्राटको जादु पनिजंगल फेस्टिभलमा देखाईनेछ । त्यस्तै १ सय ७० भन्दा बढि चराहरुको आवाज दुरुस्तै निकाल्ने सक्ने रमेश दुलालको प्रस्तुतीपनिशुक्रबार हुने आयोजकले बताएको छ ।
jungle-festival-rauta 11

विश्वकै होचो व्यक्तिमध्ये एक बागलुङका खगेन्द्र मगरको खुकुरी डान्स पनिशुक्रबार जंगल फेस्टिभलको विशेष आकर्षण रहनेछ । त्यो सँगै साँझपखआइएफसीका ६० जना डिजाइनरले तयार पारेको पहिरनमा १२ जनामोडलहरु ¥याम्पमाउत्रिँदैछन् । दिउँसो भने ¥यापर गिरिश खतिवडाको प्रस्तुतीविशेष रहनेछ ।

फेस्टिभलमाकरिब ५० वटा स्टल रहेका छन् । विभिन्नजनचेतनामुलक स्टलसँगै रेस्टुरेन्टहरुको स्टलमा दर्शकले खानपिनगर्दै फेस्टिभलको मज्जालिन सक्छन् । विभिन्नजनजातिहरुको परिकार पनि फेस्टिभलमा दर्शकको रोजाईमा परेको छ ।