राई इज किङ्गले अफ्रिकी मुलुक नाइजेरिया तताउँदै


नाइजेरिया/मेगास्टार,राई इज किङ्ग लगायत बिभिन्न उप-नामले परिचित नेपाली साँङ्गीतिक धरोहर गायक राजेश पायलले अफ्रिकी मुलुक नाइजेरिया तताउँने भएका छन्। प्राय: संसारका सबै देशहरुमा पुगी नेपाली संगीतलाई बिश्व माँझ पुर्याउन सफल गायक राईले अफ्रिकामा समेत पुगेर प्रस्तुती राख्न लागेका हुन्।

एनआरएनए नाइजेरियाले आयोजना गर्ने नयाँ बर्ष सास्कृतिक साझमा आफ्नो प्रस्तुती दिन नाइजेरियाको लेगोसमा अप्रिल १ तारिख कार्यक्रमको आयोजना गरिएको संघका नाइजेरिया कार्यबाहक अध्यक्ष जनक बिष्टले जानकारी दिए। उनका अनुसार लोकप्रिय नेपाली गायकलाई अफ्रिकामा बोलाउन पाउँदा एनआरएन समुदाय नै हर्षित भएको छ।

नेपाली चलचित्र पाश्व गायन,नेपाली पप,नेपाली लोक पप,लगायत सुगम संगीत गरि जस्तो सुकै विधामा गीत गाउँन सक्ने क्षमता भएका गायक राईको अफ्रिका कार्यक्रमलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ। संघले गत बर्ष लेगोसमा लोकप्रिय गायिका कोमल ओलिको प्रस्तुति समेत राख्न सफल भएको थियो।

संघका आइसिसी सदस्य चिरन्जिबी  रोकाका अनुसार नेपाली कला संस्कृतिको अफ्रिकामा यसले प्रबर्द्धन गर्ने बताउनु भयो । उक्त कार्यक्रममा मेगास्टार राईका अतिरिक्त अफ्रिकन कलाकारहरुले पनि नेपाली र स्थानिय भाषामा आफ्ना गीत  र नृत्य प्रस्तुत गर्ने भएका छन्।