काँग्रेस महामन्त्रीले भने:-”गोली हान्ने एसएसबीलाई कारवाही हुनुपर्छ “(अन्तरबार्ता )


बार्सिलोना/ नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोईरालाले सिमा क्षेत्रमा गोली चलाउँनेलाई कडा कारबाही हुनु पर्ने बताएका छन्। भारतीय पक्षबाट गोली चल्नु ,ठुलो हस्तक्षेप भएको भन्दै कोईरालाले घटनाको छानबिन सहित कारबाहीको माग गरेका हुन्।

युरोप भ्रमणका क्रममा स्पेन आएका कोईरालाले शनिबार नेपालीनेपालीसँग कुराकानी गर्दै भने,” नेपाल सरकारले यसको जानकारी पाउँने बित्तिकै एक्सन लिनु पर्थ्यो,दोषीलाई कडा कारबाही हुनुपर्छ। सिमा भित्र प्रबेश गरी गोली ठोकेर जनता मार्नु ठुलो हस्तक्षेप हो।”

दशगजा भन्दा करिब ५ सय मिटर नेपालतिर पर्ने जमिनमा स्थानीयवासीले कलभर्ट निर्माणको विवादलाई लिएर झडप हुँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) गोली लागेर कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको मृत्यु भएको थियो।

मुलुकमा अस्थिरता बढिरहेकाले  हस्तक्षेप पनि बढेको भन्दै बिदेशीहरुले मौका छोपेको काँग्रेस नेता कोईरालाले बताए। उनले भने,” भारतले नै नेपालमा बढी हस्तक्षेप गर्दै आएको छ, अमेरिका तथा युरोपियन युनियनले भने त्यति ठुलो चासो राखे जस्तो लाग्दैन तर चीनले भने हस्तक्षेप गरेको छैन, नेपालसँग सुमधुर सम्बन्ध नै छ।”नेपालमा विदेशी ह्स्तक्षेप बढिरहेको प्रसंङ्मा उनले यस्तो बताएका हुन्।

कोईरालाले मुलकमा भएका झडपहरुले मुलुकमा फेरि द्वन्द सृजना हुने खतरा बढेको बताएका छन्।सप्तरीमा भएको प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परी ५ जनाको ज्यान गएको घटना बारे बोल्दै यस्तो बताएका हुन्। उनले भने,”झडपमा गोली चल्नु ठुलो दुर्घटना हो।  चुनाबी प्रचारमा सबै  हिड्न पाउँनु पर्छ। पार्टीको र्यालीलाई कसैले पनि बिथोल्न पाउँदैन,त्यहाँ गोली चल्छ भने दुखद घटना हो।”

संबिधान बनाउँनै ८ बर्ष लागेको स्मरण गर्दै कोईरालाले अब दलहरु मिलेर निकास दिनुको बिकल्प नरहेको बताए। सबै भन्दा ठुलो दल काँग्रेसले नै जिम्मेबार बन्दै बार्ताको बाताबरण तय गर्नु पर्ने बताउँदै उनले भने,” काँग्रेसले सबै दललाई एकै ठाउँमा राखेर नै सिरियस छलफल गर्नु पर्छ।”

५ नम्बरको प्रदेशलाई लिएर काँग्रेसमा नै बिबाद रहेको पनि महामन्त्री कोईरालाले स्विकारे। मधेशी दललाई मिलाएर लैजाने भन्दै पार्टी सभापतिले ५ नम्बर प्रदेशलाई टुक्राउन तिर लागेको बारे टिप्पणी गर्दै उनले यो बारे केन्द्रिय समितिमा छलफल हुनु पर्नेमा जोड दिएका छन्। कोईरालाले भने,” ५ नम्बर प्रदेशलाई टुक्राउन हुन्न,यसो गरे त्यहाँका हजारौ जनताको भावाना बिपरित हुनेछ।”

स्पेनमा दूताबास स्थापना गर्ने सरकारी निर्णयबारे बोल्दै कोईरालाले भने,” यहाँ दूताबास चाहिन्छ र भन्ने कुनै प्रश्न नै छैन।अब सरकारको निर्णय कार्यान्वनका लागि, नेपाल पुग्ने बित्तिकै पार्टी भित्र पनि छलफल गर्छु। स्पेन सरकारलाई मन्त्रालयले पत्राचार गरे वा नगरेको बुझेर छिट्टै निर्णय कार्यान्वयन गराउँन पहल गर्ने छु।”