मुगुकी सुनाकली स्पेनमा,चर्चित फुटबलरहरुसँगै फुटबल खेलिन् (फोटोफिचर सहित)


बसन्त रानाभाट, स्पेन

मुगुकी किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनाकली’ले युरोपमा चर्चा मात्र पाएन उनै सुनाकली अहिले स्पेन आईपुगेकी छन्। ‘हाम्री सुनकली कस्ती छे– मेस्सी जस्ती छे’ भनेर चर्चा पाएकी सुनाकली फुटबलका लागि सपनाको देश मानिने स्पेनसम्म आउँन सफल भएकी हुन्। ‘थिङ्किङ फुटबल फिल्म फेस्टिवल’ र एथलेटीक क्लब बिल्वाओको निमन्त्रणामा वृत्तचित्रका निर्देशक भोजराज भाट र सुनाकली बुढा स्पेन आएका हुन्।sunakali 06सोमबार उद्घाटन भएको फिल्म फेस्टिवलको एक भब्य समारोहबीच सुनाकली र निर्देशक भाट सम्मानित भएका छन्। ‘सुनाकली’ स्पेन आए पछि उनको अन्तराष्ट्रिय स्तरमा झनै उचाई बढेको छ। स्पेन बिल्बाओको एक लोकप्रिय पत्रिका ‘डइया’ले सुनाकलीको लामो कभरेज समेत प्रकाशित गरेको छ।

सुनाकलीको खेलाडीहरुसँग भेट,महिला टिमसँग फुटबल खेलिन्

मुगुजस्तो विकट जिल्लामा हुर्केकी सुनाकली स्पेनमात्र आईनन् यहाँको एक चर्चित फुटबल क्लबका खेलाडीहरुसँग भेट गर्दै  र महिला टिमसँगै फुटबल पनि खेलिन्। स्पेनको एथलेटीक क्लब बिल्वाओका खेलाडीहरुसँग उनले भेट गरेकी हुन्।sunakali 3बिश्व प्रसिद्द ला-लिगा खेल्ने खेलाडीहरु ओस्कार डी माक्रोस, मिकेल ब्यालेनजियागा लगायतले उनलाई  आफ्नो जर्सी उपहार दिए। नेपाली चेली सुनाकलीले एथलेटीक क्लब बिल्वाओ महिला फुटबल टिम सँगै फुटबल पनि खेलिन्। क्लवले अफिसियल भिजिटको क्रममा,तालिम गरिरहेको महिला टिमसँग खेल्ने मौका दिएको हो।मुगुमा हिउँका ढल्लासँगै फुटबल खेलेकी सुनाकलीले बिश्व प्रसिद्द फुटबल क्लवको एक सुन्दर खेल मैदानमा खेल्ने अबसर पाईन्।

निर्देशक भाटले अहिले सम्म वृतचित्रले थुप्रै अन्तराष्ट्रिय अवार्ड जितेको भन्दा पनि सुनाकलीलाई यहाँसम्म ल्याई पुर्याउँदा निकै खुशी लागेको बताए। उनले भने,” बिश्व प्रसिद्द क्लव र खेलाडीहरु माँझ मुगुकी चेलीलाई चिनाउँन पाउँनु,मलाई मात्र हैन यो त नेपाल र सम्पूर्ण नेपालीहरुलाई नै गर्व हो।”

17321342_10211042716856517_1419362651_n17321689_10211042706496258_1845102038_n17274991_10211042697496033_349296118_n (1)sunakali 1sunakali 2sunakali 417354874_10211042711816391_1877930382_n