फुटबलको देश स्पेनमा सुनाकलीलाई हेर्नुहोस् २० तस्बिरमा


स्पेन/ मुगुकी किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनाकली’ले युरोपमा चर्चा मात्र पाएन उनै सुनाकली अहिले स्पेन आईपुगेकी छन्। ‘हाम्री सुनकली कस्ती छे– मेस्सी जस्ती छे’ भनेर चर्चा पाएकी सुनाकली फुटबलका लागि सपनाको देश मानिने स्पेनसम्म आउँन सफल भएकी हुन्। ‘थिङ्किङ फुटबल फिल्म फेस्टिवल’ र एथलेटीक क्लब बिल्वाओको निमन्त्रणामा वृत्तचित्रका निर्देशक भोजराज भाट र सुनाकली बुढा स्पेन आएका हुन्।

सोमबार उद्घाटन भएको फिल्म फेस्टिवलको एक भब्य समारोहबीच सुनाकली र निर्देशक भाट सम्मानित भएका छन्। ‘सुनाकली’ स्पेन आए पछि उनको अन्तराष्ट्रिय स्तरमा झनै उचाई बढेको छ। स्पेन बिल्बाओको एक लोकप्रिय पत्रिका ‘डइया’ले सुनाकलीको लामो कभरेज समेत प्रकाशित गरेको छ।sunakali 1मुगुजस्तो विकट जिल्लामा हुर्केकी सुनाकली स्पेनमात्र आईनन् यहाँको एक चर्चित फुटबल क्लबका खेलाडीहरुसँग भेट गर्दै र महिला टिमसँगै फुटबल पनि खेलिन्। स्पेनको एथलेटीक क्लब बिल्वाओका खेलाडीहरुसँग उनले भेट गरेकी हुन्।

बिश्व प्रसिद्द ला-लिगा खेल्ने खेलाडीहरु ओस्कार डी माक्रोस, मिकेल ब्यालेनजियागा लगायतले उनलाई आफ्नो जर्सी उपहार दिए। नेपाली चेली सुनाकलीले एथलेटीक क्लब बिल्वाओ महिला फुटबल टिम सँगै फुटबल पनि खेलिन्। क्लवले अफिसियल भिजिटको क्रममा,तालिम गरिरहेको महिला टिमसँग खेल्ने मौका दिएको हो।मुगुमा हिउँका ढल्लासँगै फुटबल खेलेकी सुनाकलीले बिश्व प्रसिद्द फुटबल क्लवको एक सुन्दर खेल मैदानमा खेल्दाको महशुस गर्न पाईन्।sunakali 06

निर्देशक भाटले अहिले सम्म वृतचित्रले थुप्रै अन्तराष्ट्रिय अवार्ड जितेको भन्दा पनि सुनाकलीलाई यहाँसम्म ल्याई पुर्याउँदा निकै खुशी लागेको बताए। उनले भने,” बिश्व प्रसिद्द क्लव र खेलाडीहरु माँझ मुगुकी चेलीलाई चिनाउँन पाउँनु,मलाई मात्र हैन यो त नेपाल र सम्पूर्ण नेपालीहरुलाई नै गर्व हो।”17351130_10211042707936294_1698640859_n 17321342_10211042716856517_1419362651_n sunakali 05 17201368_10211009900556130_7070165622506074459_n 17264850_10211014313826459_1413138097492238241_n 17155415_10211014548152317_3250863989983576895_n 17155926_10211015534616978_1237286326714389705_n 17274957_10211042715936494_591311050_n 17354864_10211042709216326_72942788_n 17308987_1274197802647117_2076346310792762015_n sunakali 2 17274991_10211042697496033_349296118_n (1) 17354874_10211042711816391_1877930382_n sunakali 3 17321689_10211042706496258_1845102038_n 14717142_10211025492945930_8447868883986106604_n 17103466_1274197895980441_1186855334873776989_n