च्याम्पियन्स लिग ड्र:-रियल र म्युनिख,बार्सा र युभेन्टस भिड्दै


साविक बिजेता रियल मड्रिड र बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा भिड्ने भएका छन् ।शुक्रबार भएको ड्रमा साविकको रियलले जर्मन च्याम्पियन बार्यन प्रतिद्वन्द्वी पाएको हो ।

बार्सिलोनाले इटालियन लिग लिडर युभेन्टस प्रतिद्वन्द्वी पाएको छ ।सन् २०१४/१५ को सिजनका फाइनलिष्ट टोली बार्सा र युभेन्टसले यसपटक क्वार्टरफाइनलमा भेट भएको हो । त्यस खेलमा बार्सिलोना ३-१ ले बिजयी भएको थियो ।

अर्को स्पेनिस क्लब एथ्लेटिको मड्रिडले इंग्लिस क्लब लेस्टर र जर्मन क्लब बोरुसिया डर्टमुण्डले फ्रान्सेली क्लब मोनाको प्रतिद्वन्द्वी पाएको छ ।