एशिया सम्मेलनमा भाग लिन,एनआरएन अभियन्ताहरु मलेसियामा


क्वालालम्पुर/गैर आवसिय नेपाली संघको एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा सहभागी हुन गैरआवासीय नेपाली संघका अभियन्ताहरु मलेसिया आईपुगेका छन् । एनआरएनए अध्यक्ष डा.शेष घले, संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव डा.बद्री केसी लगायतका गैरआवासीय नेपाली अभियन्ताहरु क्वालालम्पुर आइपुगेका छन् भने विभिन्न देशबाट  प्रतिनिधिहरु आउने क्रम जारी रहेको छ ।

सम्मेलनको औपचारिक कार्यक्रम आइतबार क्वालालम्पुरमा हुने । जसमा भाग लिन नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरणा महत, नेपाल राष्ट्र बैंकका गर्भरनर डा. चिरञ्जीवी नेपाल लगायतका अतिथिहरु पनि आउने कार्यक्रम रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ ।17342901_670098376532099_3191843351111251641_nसम्मेलनको पूर्वसन्ध्यामा क्वालालम्पुरमा शनिवार फुटवल प्रतियोगिता आयोजना गरियो । आम्पाङमा सुरु भएको प्रतियोगिताको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त र एशिया प्यासिफिक संयोजक किरणबिक्रम थापाले संयुक्त रुपमा उद्घाट्न गरेका छन् ।

तस्बिर साभार:- जीवा लामिछानेको फेसबुकबाट