फ्रान्सको प्यारिस स्थित ओरली विमानस्थलमा आक्रमणकारी मारिए


प्यारिसको ओरली विमानस्थलमा गस्तीमा रहेका एकजना सैनिकको हतियार खोस्न खोज्ने एक व्यक्तिलाई गोली हानी मारिदिएको फ्रान्सका अधिकारीहरुले बताएका छन्। विमानस्थलको दक्षिणी टर्मिनलमा भएको घटनापछि एउटा पसलमा सुरक्षाकर्मीले ती व्यक्तिलाई गोली हानेका थिए।

अधिकारीहरुका अनुसार मारिएका व्यक्ति कट्टरपन्थी विचारधारा पारिएका व्यक्तिहरु समाविष्ट निगरानी सूचीमा थिए र यसअघि उत्तरी प्यारिसमा भएको एउटा गोलीकाण्डमा संलग्न थिए। अघिल्लो घटनामा ती संदिग्धलाई जाँचस्थलमा रोकिएको थियो र प्रहरीमाथि गोली प्रहार गर्दै उनी एउटा कार चढेर फरार थिए।

अलपत्र

पछि उक्त कार अलपत्र छाडिएको अवस्थामा नगरको दक्षिणी बाहिरी भेगमा फेला परेको थियो। त्यो घटनापछि उनले चोरीको कार प्रयोग गरेको बताइएको छ जुन कार ओरली विमानस्थलमा फेला परेको थियो।_95219512__95217780_60ce91f2-f679-4d92-95b9-9a0dab5430e3फ्रान्सका आन्तरिक मामिलामन्त्रीका अनुसार मारिएका व्यक्तिले विगतमा अपराध गरेको विवरण थियो र उनीसँग प्रहरी परिचित थिए।पछिल्लो घटनापछि मारिएका व्यक्तिका बुबा र भाइलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन्।

दोस्रो ठूलो

ओरली विमानस्थल प्यारिसदेखि १३ किलोमिटर दक्षिणमा पर्दछ र त्यो फ्रान्सको दोस्रो ठूलो विमानस्थल हो।प्रहरीले सुरक्षा घेराभन्दा पर बस्न मानिसहरुलाई चेतावनी दिएको छ र सबै उडानहरु रद्द गरिएकाले वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको छ।

बृहत् सुरक्षा कारबाहीका कारण विमानस्थलमा अवतरण गरेका विमानबाट कैयौं यात्रुहरु निस्किन पाएका छैनन्।अनुमानित ३ हजार जति यात्रुलाई निकालिसकिएको छ।-बीबीसी नेपाली सेबाबाट