एनआरएनए एशिया प्रशान्त सम्मेलन सुरु


-कोपिला गौतम

गैर आवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रको सम्मेलन आइतबारबाट क्वालालाम्पुरमा सुरु भएको छ ।सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका गभर्नर चीरन्जीवी नेपाल, राजदूत निरन्जनमान सिंह बस्न्यात, एनआरएन अध्यक्ष शेष घले लगायतले संयुक्त रुपमा गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री महतले नेपालमा राजनीतिक स्थायित्व कायम भइसकेको र विवादका केही विषय चाँडै अन्त्य हुने जनाउँदै गैर आवासीयहरुलाई नेपालमा लगानी बढाउन आह्वान गरेका छन् । संविधानले सबैको रोजगार हकको ग्यारेन्टी गरेको तर कार्यान्वयन चुनौती भएकोले त्यसका लागि सबैले सहयोग गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले  गैर आवासीय नेपालीहरुलाई नेपालमै लगानी गर्न अनुरोध गरे । संभावना नै संभावनाका क्षेत्रहरु भएको मुलुक नेपाल भएकाले नहिच्किचाई लगानी गरी नेपालमै रोजगारी सिर्जना गर्न उनले अनुरोध गरे । एनआरएनले नेपालमै लगानी गर्न चाहे राष्ट्रबैंकले सक्दो सहयोग गर्ने बचन दिए ।

सम्मेलनको उदघाटन समारोहलाई सम्बोधन गर्दै मलेसियाका लागि नेपाली राजदूत डा निरन्जनमान सिंह वस्न्यातले श्रमिकको हित हुने कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको वताए । सहयोग माग्दै दुतावासमा आउने सबै नेपालीलाई सहयोग गर्न दुतावास तयार रहेको उनले बताए ।17353603_10209983344318603_3609792624719432858_nसम्मेलनमा नेपाल र वैदेशिक रोजगारीका विभिन्न आधा दर्जन विषयमा छुट्टाछुट्टै सत्रमा छलफलको आयोजना गरिएको छ ।सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका करिब २० राष्ट्रहरुबाट गैर आवासीय नेपालीहरु सहभागी भएका छन् ।

सम्मेलनमा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, वर्तमान अध्यक्ष शेष घलेसहित कार्यसमितिका पदाधिकारीहरु सहभागी भएका छन् ।

सम्मेलनको पुर्व सन्ध्यामा गैरआवासीय नेपाली संघको आयोजनामा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि मकाउले जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई हराउँदै मकाउको टोलीले १० लाख येन पुरस्कार जितेको छ । मलेसियाको टोलीले ३ लाख प्राप्त गरेको छ । खेलको एनआरएन अध्यक्ष शेष घलेले उदघाटन गरेका थिए । फुटबल प्रतियोगितामा ८ टिम सहभागी भएका थिए ।17361726_670608526481084_1228368458626018791_n

अन्तरक्रिया कार्यक्रम सम्पन्न

गैर आवासिय नेपाली संघको एसिया प्यासिफिक सम्मेलनकै अघिल्लो दिन एक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको छ । प्रवासमा रहेका श्रमिकहरुको विषयमा केन्द्रीत उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै मलेसियाका लागि नेपाली राजदूत डा निरन्जन मान सिंह बस्न्यातले विदेशमा नेपालीले नेपालीलाई नै ठग्ने कार्य बन्द हुनु पर्ने बताए । मलेसियामा नेपालीहरु धेरै संख्यामा भएकोले समस्या पनि धेरै भएको उनले बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले नेपाल र मलेसिया बीच श्रम सम्झौता हुनु पर्नेमा जोड दिए । श्रम सम्झौता नभई श्रमिकको हकको रक्षा नहुने पनि उनले बताए ।

गैर आवासिय नेपाली संघ मलेसियाका सल्लाहकार शंकर वहादुर पौडेलको सभापत्विमा भएको अन्तरक्रिया कार्यक्रममा एनआरएनका महासचिव डा वद्रि केसि , एनआरएन मलेसियाका सल्लाहकार प्रेम पाण्डे, सुरक्षित वैदेशिक रोजगार कल्याणकारी समितिका संयोजक धरम केसी, सुदिप कार्की,भुषण घिमिरे भवानी शंकर तिवारी, भुमा लिम्वु लगायतले सुरक्षित आप्रवासनका विषयमा आफ्ना भनाई राखेका थिए ।