क्वालालम्पुर सम्मेलनमा एनआरएनए अध्यक्ष शेष घलेले के भने ?


क्वालालम्पुर । गैर आबासीय नेपाली संघ एनआरएनए अध्यक्ष शेष घलेले प्रत्येक समस्याले नयाँ-नयाँ सम्भावनालाई सँगै लिएर आएको हुँदा समस्यासँग जुध्न सिक्नु पर्ने बताएका छन्। मलेसियामा जारी गैरआवासीय नेपाली संघको पाँचौं क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष घलेले  यस्तो बताएका हुन्।

उनले भने,”परिवार र मुलुक छाडेर विदेशी भूमिमा श्रम गर्न जानु कसैको पनि रहर हुँदैन । नौलो परिवेशमा जोखिमयुक्त काम, अर्कै भाषा र अर्कै कानुनका बीच वैदेशिक रोजगारीको यात्रा पीडादायी यथार्थ हो ।तर हरेक समस्यासँग जुध्नु पर्छ,प्रत्येक समस्याले नयाँ-नयाँ सम्भावनालाई सँगै लिएर आएको हुन्छ।”

देशमा रोजगारीको अवसर नहुँदा अहिले लाखौ नेपालीहरुले विदेशमा पसिना बगाइरहेको भन्दै परदेशिनुको पीडालाई अवसरमा बदल्नु पर्ने बताए । अध्यक्ष घलेले भने,’ तीन वर्ष मलेसियामा बस्दा तपाईंले कमाएको केही लाख रुपैयाँ नेपालमा साना व्यवसाय सुरु गर्न बीउ पुँजी हुनसक्छ । त्यसैले विदेशमा पसिना बगाएर कमाएको एक-एक पैसा तपाईंले नेपालमा आयमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाउनुहोस् ।”nrna asia confrenenceउनले एक्लै केहि गर्न सकिँदैन भने आफू जस्तै मन मिल्ने साथीहरुको समूह बनाएर कृषि, साना उद्योग, पर्यटन लगायतका क्षेत्रमा सामूहिक लगानी गर्न सुझाव दिए।  उनले भने,”दुई-तीन वर्ष विदेशी भूमिमा पसिना बगाउँदा तपाईंहरुले आफ्नै जीवनलाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन पाउनुहुनेछ,त्यस क्रममा हातमा केही लाख पुँजी हुनेछ, तपाईं जस्तै पुँजी भएका साथीहरुको समूह हुनेछ । यही बलले तपाईंले नेपालमै केही गर्न सक्नुहुन्छ । किनकि नेपालमा अवसर नभएको हैन, त्यसलाई पहिचान गर्न नसकिएको मात्र हो ।”